जाजरकोट । जिल्ला प्रशासन कार्यालय जाजरकोटले वडा समितिले भूकम्प पीडित बाट पैसा लिनु कानुन विपरीत भएको भन्दै तत्काल फिर्ता गर्न आग्रह गरेको छ । प्रशासनले एक विज्ञप्ती जारी गर्दै यहाँका केही स्थानीय तहका वडाहरुले विभिन्न बहाना गरी भूकम्प पीडित बाट पैसा लिईरहेको भन्दै प्रशासनले उक्त कार्य बन्द गर्न आग्रह गरेको हो ।
नलगाड नगरपालिकाको वडा नं. ३ ले स्वास्थ्य चौकी र शिक्षाको भवन बनाउने भन्दै भूकम्प पीडित बाट एक हजार पैसा लिईरहेको प्रति प्रशासनले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी हरिश्चन्द्र शर्मालेद्धारा हस्ताक्षर गरिएको विज्ञप्तीमा भनिएको छ, ‘अस्थायी आवास अनुदान रकम वितरण गर्ने सन्दर्भमा पुरÞ्याउनु पर्ने विधि र प्रक्रिया कार्यविधिले स्पष्ट रुपमा व्याख्या गरेकै छ ।
याे पनि पढ्नुहाेस्
सो कार्यविधिले गरेको व्यवस्था भन्दा बाहिर गएर कहिँ कतै कुनै व्यक्ति÷संस्था वा निकायले अनेक प्रपञ्च रचेर भूकम्प पीडित व्यक्तिहरु÷निजी आवासका लाभग्राहीबाट कुनै पनि बाहनामा शुल्क ÷ दस्तुर÷रकम असुल गर्ने कार्य नगर्न नगराउन आवश्यक निर्देशन गरिदिनु र असूल गरेको रकम समेत सम्बन्धित व्यक्तिहरुलाई तुरुन्त फिर्ता गराउने व्यवस्था मिलाउनुहुन आदेशानुसार अनुरोध छ ।’
हाम्रो पहुँच संवाददाता । १३ चैत्र २०८०, मंगलवार