भेरी ज्ञानोदय क्याम्पसले भन्योः ‘उपदानको रकम कानून सम्वत छ प्राध्यापकले पाउनुपर्छ’


जाजरकोट । सदरमुकाम खलंगामा रहेको भेरी ज्ञानोदय क्याम्पसले उपदानको नाममा रहेको रकम प्राध्यापहरुले पाउनुपर्ने धारण व्यक्त गरेको छ । शनिवार एक विज्ञप्ती जारी गर्दै क्याम्पसले बनेका ऐन तथा कानुनले उपदानको रकम प्राध्यापकहरुले पाउनुपर्ने व्यवस्था गरेकोले सोही बमोजिम उपदान रकम पाउनुपर्ने माग गरेको हो ।

क्याम्पसको नाममा रहेको १ करोड नौ लाख रुपैयाँ कार्यरत ८ जना उपप्राध्यापक, एक जना शिक्षक सहायक र ६ जना कर्मचारीले उपदान मार्फत लिने तयारी गरेपछि चौतर्फी विरोध भएको हो । विज्ञप्ती मार्फत क्याम्पसले भनेको छ, ‘शिक्षक तथा कर्मचारीले नियमानुसार पाउने उपदान तथा सेवा सुविधालाई लिएर केही सञ्चार माध्ययमा आएका समाचारप्रति क्याम्पसको गम्भीर ध्यानाअकर्षण भएको छ ।

No description available.

शिक्षक तथा कर्मचारीले पूर्व सुविधाहरु क्याम्पस विधान २०६०, त्रिवि नियमावली २०५० तथा मपविवि को ऐन नियम विधि तथा निर्णयको अधिनमा रहेर मात्र प्राप्त गरिने कुराको जानकारी गराउँदै क्याम्पस र यससँग आवद्ध जनशक्तिको बारेमा नकरात्मक टिकाटिप्पणी नगरिदिनुहुन सम्बन्धित सञ्चार माध्यम र आम जनमानसमा हार्दिक अपिलका साथ यो प्रेस विज्ञप्ती मार्फत अनुरोध गर्दछु ।’

याे पनि पढ्नुहाेस्

भेरी ज्ञानोदय क्याम्पसमा उपदानका नाममा ढुकुटीकाे एक करोड सक्ने तयारी

तपाईको प्रतिक्रिया