गजल : बा म सानो थिए

हजुरको मृत शरिरदेखि भागेको वेला बा म सानो थिए
हजुर जलेको घरबाट हेरे चिहान पुगिन, बा म सानो थिए ।

 

म पनि पछिपछि दौडेको थिए घरबाट मलामी हिडेको वेला
दाजुहरु चिहान पुग्नुभयो म आमासंगै रोकिए, बा म सानो थिए ।

 

धेरै दिनसम्म हजुर आउँने आसामा थिए, मैले पिर लिईन,
कति रात भोकै विताए कसैले सोधेन बा म सानो थिए ।

 

ढोकामा खरानी छर्केर त्यही घरमा बसे म कतै गईन
कति रात भोकै विताए कसैले सोधेन बा म सानो थिए ।

 

आमाले मजदुरी गरेर हुर्ककाउनु भयो, आमाभित्र बा पाए
अहिले त ठिकै छ हिजो धेरै रोए बा म सानो थिए ।

तपाईको प्रतिक्रिया