बारेकोट पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषणा

No description available.
जाजरकोट । जाजरकोटको बारेकोट गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको छ । खोप लगाउने उमेर समूहका सबै बालबालिकाले खोप लगाएको सुनिश्चित भएपछि पालिकालाई पूर्ण खोपयुक्त पालिका सुनिश्चितता घोषणा गरिएको हो । गाउँपालिका स्थित सरोकारवाला निकायको उपस्थिति रहेको कार्यक्रममा खोपको महत्वका विषयमा जानकारी दिइएको थियो ।

राष्ट्रिय खोप तालिका अनुसार गाउँपालिका भित्रका ९ ओटै वडाका खोप लगाउने उमेर समूहका बालबालिकाले खोप लगाएको सुनिश्चित गरिएपछि पूर्ण खोपयुक्त सुनिश्चित पालिका घोषणा गरिएको गाउँपालिका शाखाले जनाएको छ ।

प्रत्येक वडामा वडास्तरीय खोप समन्वय समितिले पालिकालाई बालबालिकाले खोप लगाएको सुनिश्चित गरेपछि पालिकालाई पूर्ण खोपयुक्त पालिका सुनिश्चितता घोषणा बताईएको छ । पालिका पूर्ण खोपयुक्त सुनिश्चित भएको विषयमा जिल्ला खोप समन्वय समितिलाई पनि जानकारी दिईएको छ ।

No description available.

पूर्ण खोपयुक्त पालिका सुनिश्चितता घोषणा कार्यक्रममा गाउँपालिका अध्यक्ष वीरबहादुर गिरी, उपाध्यक्ष नरबहादुर गिरी, वडा अध्यक्ष राजनीतिक दलका प्रतिनिधी लगायत अन्य सरोकारवालाहरुको सहभागिता थियो ।

तपाईको प्रतिक्रिया