शिक्षकले लगाएको आरोप प्रति वडाध्यक्षको खण्डन

विद्यार्थीको छात्रवृत्रि, कर्मचारीको तलव खाएपछि शिक्षकको तलवी खाता रोक्का

जाजरकोट । जिल्लाको भेरी नगरपालिका वडा नं. ९ का अध्यक्ष ध्रुव प्रसाद पौडेलले आयोजनाको रकम लिएको भनि आफुमाथि लगाईएको आरोपको खण्डन गरेका छन । अध्यक्ष पौडेलले आज सामाजिक संजाल (फेसबूक) मा विज्ञप्ती जारी गर्दै उक्त आरोप निराधार र आफ्नो चरित्र हत्या गर्ने उद्देश्यले लगाइएको उल्लेख गरेका छन ।

सोही वडाको शिवशक्ती प्राविमा कार्यरत शिक्षक धन बहादुर डाँगीले विद्यालय भवन निर्माण योजनाबाट अध्यक्ष पौलेलले ५५ हजार रुपैयाँ लिएको आरोप लगाएका थिए । शिक्षक डाँगीको उक्त कुरा संचार माध्यममा प्रकाशन भएपछि आफ्नो गम्भिर ध्यानकर्षण भएको भन्दै पौडेलले यस्ता निराधार र एक पक्षिय समाचार प्रकाशन नगर्न सम्बन्धित संचार माध्यमलाई आग्रह गरेका छन । शिक्षक डाँगीले विद्यालयमा प्राप्त विभिन्न शिर्षकको रकम दुरुपयोग गरेकोले विद्यालय व्यवस्थापन समितिले उनलाई प्रधानध्यापकबाट हटाएको र सो विषयमा छानविन नहुँदा सम्म तलबी खाता रोक्का गरेको पौडेलको भनाई छ । वडा अध्यक्षको हैसियतले अनियमितताका विषयमा छानविन हुनु पर्ने भनि पटकपटक भनेकोले सोही रिसमा आफुमाथि उक्त आरोप लगाएको उनको भनाई छ ।

शिक्षक डाँगीले सहयोगीको तलव १५ हजार रुपैयाँ निकासा गरेर आफैले खाएको, विद्यालयमा बुक कर्नरको लागि आएको २१ हजार ६ सय रकम हिनामिना गरेको, प्रारम्भिक बाल शिक्षाका तलब २४ हजार रकम हिनामिना गरेको, विद्यालयको लेखा परिक्षण गर्ने भनी लिएको १० हजार रुपैयाँ, विद्यालयको भवन उद्घाटन खर्च भनी छुट्याइएको ४० हजार, पोशाक भत्ता खर्च बापतको रु २० हजार, विद्यालय सुधार शिर्षकको रु १५ हजार लगाएत विभिन्न शिर्षकको रकम हिनामिना गरेको अध्यक्ष पौडेलले विज्ञप्तिमा उल्लेख गरेका छन ।

विव्यस अध्यक्ष धनेश वली संग व्यक्तिगत रुपमा आफुले औषधी गर्न ५५ हजार रुपैयाँ सापटी लिएको र औषधी गरेर फर्केपछि फिर्ता गरिसकेको पौडेलले बताए । तलबी खाता रोक्का गरी आफुमाथि अन्याय भएको भन्दै शिक्षक डाँगीले भेरी नगर कार्यपालिकाको कार्यालयमा निवेदन समेत दिएका छन ।

विज्ञप्ती यस्ताे छ ।

https://www.facebook.com/dhruba.paudel.1004

याे पनि पढ्नुहाेस ।

आयोजनाबाट रकम लिएको वडाअध्यलाई शिक्षकले लगाए आरोप

तपाईको प्रतिक्रिया