जाजरकोटमा निषेधाज्ञा उलंघन गर्ने १२ जना प्रहरी नियन्त्रणमा 

जाजरकाेट  । कोरोना संक्रमण रोक्नका लागि स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञाको उलंघन गर्ने १२ जनालाइ प्रहरीले पक्राउ गरेको छ ।

कोरोनाको संक्रमण समुदायमा फैलिन सक्ने भन्दै स्थानीय प्रशासनले दुइ दिन अघि जारी गरेको एक हप्ते निषेधाज्ञा अर्थात कर्फयुको उलंघन गरेको भन्दै प्रहरीले खलंगाका ठाँटी, शान्तिचौतारा, गैरीखाली लगाएतका स्थानवाट ९ जना पुरुष र ३ जना महिलालाइ नियन्त्रणमा लिएको हो ।

समुदायमा जोखिम वढाउन नदिन स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञा उलंघन गरेकोले उनीहरुलाइ नियन्त्रणमा लिएर कारवाहि अघि वढाइएको जाजरकोटका प्रहरी प्रमुख डिएसपी किशोर कुमार श्रेष्ठले ्वताए । उनले निषेधाज्ञा तोड्ने जो कोहिलाइ पनि कारवाहि गरिने वताए । पक्राउ गरिएका सवैलाइ जिल्ला प्रशासन कार्यालयमा पठाइएको र त्यहाँवाट उनीहरुलाइ सजाया हुने डिएसपी श्रेष्ठले वताए ।

सवैलाइ प्रहरी र अन्य नियकावाट निषेधाज्ञाका वेला घरमै वस्न अनावस्यक वाहिर हिड्डुल नगर्न र आफु र अरुको सुरक्षाको ख्याल गर्न पटक पटक आग्रह गर्दा पनि नमानेपछि आफुहरुले वाध्य भएर पक्राउ गर्नु परेको डिएसपी श्रेष्ठको भनाइ छ ।

केहि दिन पहिले १९ जना र हिजो मात्र ५ जनामा कोरोनाको संक्रमण देखिएको खलंगा वजारमा समुदाय स्तरमै संक्रमणको जोखिम फैलिन सक्ने प्रवल सम्भावना देखिएको छ । यस्तो अवस्थामा सर्वसाधारणहरुले निषेधाज्ञा र कोरोनाको जोखिमलाइ ठटटा ठान्न नहुने सरोकारवालाहरु वताउछन् ।

तपाईको प्रतिक्रिया