सल्यानका छ स्थानीय तहमा अस्पताल बनाउने सरकारको तयारी

सल्यान । सल्यानका ६ स्थानिय तहमा अस्पताल सञ्चालनका लागि नयाँ भवन निर्माण गरिने भएको छ । गाउँगाउँमा चिकित्सक सहितको स्वास्थ्य सेवा पु¥याउने उद्देश्यले सङ्घीय सरकारले सल्यानका दश स्थानिय मध्ये ६ स्थानिय तहमा अस्पताल भवन निर्माणको योजना ल्याएको हो । जसमा बन्गाड कुपिण्डे नगरपालिका, कुमाख गाउपालिका, दार्मा गाउपालिका, सिद्धकुमाख गाउपालिका, कपुरकोट गाउपालिका र कालीमाटी गाउपालिकाका भवन निर्मााण गरिने भएको छ ।

हरेक स्थानीय तहमा पाँचदेखि १५ श्ययाको अस्पताल भवन निर्माण गरिनेछ । हरेक स्थानीय तहमा पाँचदेखि १५ श्ययाको अस्पताल बनाउने सरकारको नीतिअनुसार चालू आर्थिक वर्षमा अस्पताल भवन निर्माण गरिने स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री नवराज रावतले जानकारी दिनुभयो । उहाँका अनुसार कर्णाली प्रदेशका ३९ स्थानीय तहमा अस्पताल सञ्चालनका लागि नयाँ भवन निर्माण गरिने छ ।

जसअनुसार चालू आवमा सुर्खेतमा सात, हुम्लामा चार, जाजरकोटमा पाँच, जुम्लामा दुई, दैलेखमा छ रुकुम (पश्चिम)मा दुई, कालीकोटमा दुई र डोल्पामा तीन अस्पतालका भवन निर्माण हुनेछन् । सम्बन्धित क्षेत्रको जनघनत्व, स्थानीय जनप्रतिनिधिको सुझाव र स्वास्थ्य क्षेत्रको मापदण्डका आधारमा अस्पताल सञ्चालनका लागि भवन निर्माण गरिने सरकारले जनाएको छ ।

तपाईको प्रतिक्रिया