
टुकमाया घर्ती
जाजरकोट, २ वैशाख । तिव्र गतिका कारण हुने सडक दुर्घटना रोक्न जाजरकोटमा स्लो वाईक रेस प्रतियोगिता आयोजना गरिएको छ । नयाँ बर्षमा जिल्लामा सवारी दुर्घटना कम गर्न र सीमित मात्राको गतिमा सवारी साधन चलाउन चनचेतना फैलाउने उद्धेश्यले मालिका सामुदायिक सेवा केन्द्र जाजरकोटको आयोजना तथा रमेश अटो पार्टसको प्रायोजनामा उक्त प्रतियोगिता आयोजना गरिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख मधुकुमार थापाले बताए ।
त्रिभुवन माद्यामिक विद्यालय थाप्लेचौरको मैदानमा आयोजना गरिएको ढिलो गतिमा माटोरसाईकल चलाउने उक्त प्रतियोगितामा सहभागी ४९ जना मध्ये सागर डुवेले प्रथम, गोपाल बस्नेत दृतिय र प्रदिप विकले तृतिय स्थान प्राप्त गरेको मालिका सामुदायिक सेवा केन्द्रका अध्यक्ष विर्खबहादुर कार्कीले जानकारी दिए ।
उनले दिएको जानकारी अनुसार, प्रथमलाई १० हजार, दृतियलाई ७ हजार ५ सय र तृतियलाई ५ हजार नगद र प्रमाणपत्र प्रदान गरिएको छ । अनियन्त्रित गतिका कारण दिन प्रतिदिन बढिरहेको सवारी दुर्घटना कम गर्न र सुरक्षित यात्राका लागि सबैलाई जिम्मेवार बनाउन चेतना फैलाउने उद्धेश्यले जिल्लामा पहिलो पटक आयोजित र प्रतियोगिता निकै महत्वपुर्ण भएको प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद देवकोटाले बताए ।
यस्तै स्थानीय स्तरमा हुने सानाम सवारी साधनहरुको दुर्घटना र जोखिम पुर्ण यात्रालाई नियन्त्रण गर्ने क्रममा सहयोग पुर्याउन यो प्रतियोगिता आयोजना गरिएको सेवा केन्द्रका अध्यक्ष विर्खबहादुर कार्कीले बताए । जिल्लामा सवारी अनुमती पत्र नलिएर मोटरसाईकलहरु चल्ने गरेको, १८ बर्ष मुनिका विद्यालय उमेरका बालबालिकाहरुले जोखिमपुर्ण तवरले मोटरसाईकल चलाउने गरेको स्थानीयको व्यापक गुनासो छ । ति क्षेत्रमा तिव्र गतिमा चल्ने मोटरसाईकलका कारण कुनै पनि वेला दुर्घटना हुन सक्ने स्थानीय अमरबहादुर शाहले बताए
















































। २ बैशाख २०७८, बिहीबार