
जाजरकोट,२ वैशाख । जिल्लाको जुनीचाँदे गाउँपालिकामा अध्यक्ष कप खेलकुद प्रतियोगिता सुरु भएको छ । विद्यालय स्तरमा प्रतिस्पर्धा हुने उक्त प्रतियोगिता जुनीचाँदे गाउँपालिकाकाले आयोजना गरेको हो । गाउँपालिकाका ९ वटा माद्यामिक विद्यालयका २ सय वढी खेलाडीहरुको सहभागीता रहेको उक्त खेलकुद वैशाख ३ गते सम्म सञ्चालन हुने गाउँपालिका कार्यवाहक अध्यक्ष शिवा आचार्यले बताईन् ।
कर्णाली प्रदेश सभाका सदस्य करवीर शाहीले उद्घाटन गरेको उक्त खेलकुद प्रतियोगिता महेन्द्र माद्यामिक विद्यालय कोर्ताङ्गमा सञ्चालन भईरहेको छ । जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको लागी छनोटको आधारको रुपमा समेत रहेको उक्त खेलकुद प्रतियोगितामा भलिवल, कपर्दी, दौड, लगायतका विभिन्न खेलकुदहरु राखिएको सहकर्मी रेशमबहादुर खड्काले जानकारी दिए ।
विद्यालय स्तरको खेलकुद गतिविधिलाई स्वस्थ र अनुशासित नागरिक तयार गर्ने माध्यमको रुपमा विकास गर्न स्थानीय सरकारले सक्दो पहल गर्ने कार्यवहाक अध्यक्ष आचार्यको भनाई छ । विद्यालयमा सञ्चालन गरिने खेलकुद र विभिन्न अन्तरविद्यालय स्तरीय खेल गतिविधीहरुले समाज र देशलाई स्वस्थ बनाउन मजवुत बनाउन सहयोग गर्ने कार्यक्रमका प्रमुख अतिथी करवीर शाहीले बताए ।
विद्यालयमा अतिरिक्त क्रियाकलाप र पालिका स्तरमा अध्यक्ष कप खेलकुदले विद्यार्थीहरुलाई अनुशासित जागरुक र स्वस्थ भई पठनपाठनमा सहभागी हुने प्रेरित गर्ने गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत दीपक कुमार शाहीले बताए ।
















































। २ बैशाख २०७८, बिहीबार