गजल : गणतन्त्र आज जिउँदो लास भयो !

किन हाम्रो गणतन्त्र आज जिउँदो लास भयो
सोझा साझा नेपालीको यहाँ उठिबास भयो

रगतको बाढी आउँदा वृद्ध बगी गए
मानवता र नैतिकता यहाँ एकै गाँस भयो

अनेकतामा एकताको थियोे हाम्रो परिचय
विद्रोहको बन्दुक बास्दा फूलबारीमा लास भयो

सत्ताको काकतालीमा गणतन्त्र बिटुलिदा
आज हाम्रो शासनसत्ता विदेशीको दास भयो

लेखक सुनार भेरी ज्ञानोदय बहुमुखी क्याम्पस जाजरकोटका उपप्राध्यापक हुन् ।

तपाईको प्रतिक्रिया