म क्रान्तिकारी कति अनुशासित


म त सजीव प्राणी योद्धा छु
काटे रगत आउँछ अनि दुख्छ

म साँच्चिकै नै अर्ध जीवित घाइते हुँ
किन भने मेरो आत्मा सक्रिय छ

मन कहाँ–कहाँ कता–कता डुल्न पुग्छ
कहिले धर्तीमा, त कहिले आकाशमा

कहिले क्रान्तिमा,त कहिले श्रमिकमा
म आफ्नो दिन–चर्यामा लिप्त छु
आफ्नो काम प्रति उतरदायी छु

एउटा प्रश्न माल चरिमा खेल्द्छ
मस्तिष्कलाई फनफनी घुमाउँद्छु
के म अनुशासित छैन त ?

के संसारका सबै क्रान्तिकारी
अनुशासित छैनन् त ?
यस्तै गहिरा तथा अनौठा प्रश्नहरू
मनको तालमा आएर खल्बलिन्छन्

आखिरमा के हो कम्युनिष्ट
भनेर कल्पनातीत हुन्छु
सोच्दछु, खोतल्दछु

सत्य तथ्य बुझ्ने प्रयत्न गर्छु

दुई

कम्युनिस्ट लाई हेरौ त
सजीव हो कि निर्जीव
जे भए पनि
कम्युनिस्ट त सधै अनुशासित हुन्छ
नियम नतोडिकन हिड्छ
कसरी त ?

सधै बिहानको बेलामा
पूर्वमा नै उदाउँदछ र
सधै बेलुकाको बखतमा
पश्चिममा नै अस्ताउँदछ

दिशा परिवर्तन कहिल्यै गरेको छैन
कम्युनिष्टको सृष्टी काल देखि नै
उदाउँदै र अस्ताउँदै आएको छ
साथै राप र ताप दिन रोकेको छैन
कति अनुशासित हुन्छ कम्युनिष्ट

तीन
त्यस्तै कहिले
कम्युनिष्टको बारेमा सोच्न पुग्छु
कम्युनिष्ट सृष्टिकाल देखि अहिले सम्म
नरोक्किन, नसुतिकन

जनताको हितमा परिक्रममा जुटेकै छ
कति अनुशासित कम्युनिष्ट

चार
त्यस्तै कहिले
हामी बस्ने बिशाल घर
नेपाल आमाको बारेमा सोच्दछु
मनमा कुरा खेलाउँदछु

कम्युनिष्टको सिर्जना काल देखि
गाउँघर अहिले सम्म पनि
कम्युनिष्ट कै वरिपरि

आफ्नै बिशिष्ट तालमा
नथाकिकन, नरोकिकन
नाच्दै र घुम्दै आएको छ
कति अनुशासित कम्युनिष्ट

पाँच
सर्बहारा हाम्रो महतारी
अनि जनताको काखमा
हामी सबै उनका सन्ततिहरू
कति अनुशासित कम्युनिष्ट ।
आफै छुट्याउने कुरा हो
किनभने,

अनुशासनले कम्युनिष्ट
चलायमान भएको छ
प्रकृतीमा सास ताजा छ
अनि जीवित छ सिद्धान्त


तर हामी सर्वहारा जनता र कम्युनिष्ट
सजीव प्राणी हौ, निर्जीव होइनौ
कति अनुशासित कम्युनिष्ट
देश हाँक्ने नेता तथा नेतृहरू
कति अनुशासित छन्
सरकारी यन्त्र, कति अनुशासित ।
त्यस्तै

मुलुकका गहना हामी जनताहरू
कति अनुशासित छौ
किन भन्दा,

अनुशासन कम्युनिष्ट घरको बलियो जग हो
देशको नसामा बग्ने रगत हो
क्रान्तिकारी अनुशासनले गर्दा

देशले बिकासको सास फेर्दछ
मुलुकमा शान्तिको स्थापना हुन्छ
सद्भावको सुगन्ध कुना काप्चामा फैलिन्छ

राष्ट्रको एउटा छुट्टै पहिचान बन्छ
जन्मभूमी हाँस्छ

कर्मभूमी मुस्कुराउँछ
देशबासीहरू बिचार सिद्धान्तमा समृद्धि र

समुन्नतीको आवाज बाल्दछन्
कम्युनिष्ट भित्र

हामी कति अनुशासित त कम्युनिष्ट
सोचौं एकपटक ।
त्यसैमा म गौरव ठान्दछु ।

जाजरकोटी सन्दर्भ घायल

कुशे गाउँपालिका हाल मलेिसया

तपाईको प्रतिक्रिया