
अन्धकारको कालो पर्दा तोड्न मन लागेको छ
घाम छेक्ने विकृतिलाई फोड्न मन लागेको छ
बारुदको धुवाँ भित्र मानवता नै लास पर्दा
सभ्यताको संस्कृतिले बाँस आज मागेको छ
दलितका छाति माथी छुवाछुत बसाउँदा
अत्याचार व्यभिचारले सीमा आज नाघेको छ
सिर्जनाका फुलहरु अनायासै चुडिदा
मानव बन्ने जीवन आज मसान घाट लागेको छ
मानवीय मुल्यहरु चिहानमा पुरिदाँ
जसले जिते पनि आज सिंङ्गै देश हारेको छ
लेखक सुनार भेरी ज्ञानोदय वहुमुखी क्याम्पस जाजरकोटका उपप्रध्यापक हुन् ।
















































। २१ चैत्र २०७७, शनिबार