विद्यालय भवनको छाना हुरीले उडायो, विद्यार्थी चौरमा पढ्दै


जुम्ला : तातोपानी गाउँपालिका-८, टोप्ला गाउँको काविका माध्यमिक विद्यालयको छाना हुरीले उडाएको छ। विद्यार्थी चौरमा बसेर पढ्न बाध्य भएका छन्।

यो विद्यालयमा प्रविणता प्रमाणपत्र तहमा कृषि विज्ञान (आइएस्सीएजी) समेत अध्यापन हुँदै आएको छ। हावाहुरीले भवनको छानो नै उडाएपछि सबै तहको पठनपाठनमा असर परेको छ।

हावाहुरीले गाउँ नजिक खोला किनारमा रहेको कुटानी-पिसानी मिलको छाना पनि उडाइदिएको स्थानीय हरिबहादुर शाहीले बताए। उनले भने, ‘हावाहुरी उठाएका जस्ता पाता लागेर स्याउको विरुवा गाईवस्तुलाई पनि क्षति पुगेको छ।’

समस्यालाई समाधान गरिदिन स्थानीयबासीले सरोकारवाला निकायसँग आग्रह गरेका छन्।

तपाईको प्रतिक्रिया