
जाजरकोट, १० चैत्र । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ जाजरकोटका सदस्य सन्तोष चन्द बिप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) जिल्ला संगठन समिती जाजरकोटमा प्रबेश गरेका छन् ।
चौथौँ पुर्ण बैठकमा उपस्थिती भई प्रबेश गरेका प्रवेश गरेका हुन् । नेपाल कम्युनिष्ट पार्टी जाजरकोट सचीव क. महानले दोसल्लाले सम्मान गरेका थियो भने अखिल (क्रान्तिकारी) भेरी कर्णाली समन्वय समिती सदस्य क. धनजित महर सोही संगठनका जाजरकोट जिल्ला अध्यक्ष बिराजन शाही र संगठनकै जाजरकोट जिल्ला सचीव दिपेन्द्र सिंहले स्वागत सहित बधाई तथा शुभकामना दिएका हुन् ।
नव प्रबेशी सन्तोष चन्द भने, ‘दलाल संसदीय व्यवस्थाले आम नेपाली जनतालाई भ्रम सिर्जना गरी नेपाली जनताको ढाड सेक्ने गरी पसिना चुसी राखेकै कारणले गर्दा हामी युवाहरुको मुद्दालाई सम्बोधन गर्न नसके पश्चात् अब यसको अग्रगामी बिकल्प एउटै मात्र बैज्ञानिक समाजवादी व्यवस्था भएकै कारणले गर्दा नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) म प्रबेश गरेको हुँ ।’
साथै यसबाट मात्रै नेपाली जनताको मुक्ती समग्र मुलुकको समृद्धि राष्ट्रिय स्वाधीनताको रक्षा गर्न सकिने भएका कारण अब आम प्रगतिशील युवा विद्यार्थीहरु एकीकृत जनक्रान्तिको कार्यदिशाम गोलबन्द भएर अगाडि बढ्नुपर्ने अहिलेको अपरिहार्य आवश्यकता भएको संगठनका जिल्ला अध्यक्ष विराजन शाहीले बताए ।
















































। ११ चैत्र २०७७, बुधबार