
प्रेम विश्वकर्मा
जाजरकोट, ११ चैत्र । जिल्लाको भेरी नगरपालिकामा एक महिने सवारी साधन ड्राइभिङ्ग तालिम सुरु भएको छ । तालिम भेरी नगरपालिकाको वडा नं १ कालेगाउँ स्थित अर्गानिक होटेलमा सञ्लालन भइरहेको छ ।
चैत्र १० देखि सुरु भएको उक्त तालिम एक महिना सम्म सञ्चालन हुनेछ । समाजमा दलितहरुको आर्थिक अवस्था सुदृढ गर्न दलित आयआर्जन अन्तरर्गतका कार्यक्रम कर्णाली प्रदेश सामाजिक मन्त्रालय सामाजिक विकास कार्यालय जाजरकोटको आर्थिक सहयोगमा उक्त तालिम सञ्चालन गरिएको हो ।
तालिममा जिल्लाका सातवटै स्थानिय तहबाट एक स्थानिय तहबाट तीनजना गरी २१ जना दलित यूवाहरुको सहभागिता रहेको छ ।
समाजमा जुनसुकै समुदाय पिछडिनु प्रमुख कारण आर्थिक अवस्थामा कमजोर हुनु नै हो । त्यस समुदायलाई माथि उठाउन आर्थिक स्तर उन्नति गर्न पर्दछ । दलित समुदायलाई माथि उठाउनको लागि यो निकै नै प्रभावकारी कार्यक्रम रहेको र यस्ता खाले आयआर्जन मूलक विभिन्न कार्यक्रमहरु अझै हुनुपर्ने जिल्ला समुन्वय समितिका उपप्रमुख ज्ञानी प्रसाद शर्माले बताए ।
आगामी दिनमा यस्ता कार्यक्रमहरु सात वटै स्थानिय तहमा हुनु पर्नेमा शर्माले जोड दिए । सवारी साधन ड्राइभिङ्ग पेसा पनि पछिल्लो चरणमा निकै कमाई हुने पेशा अन्तरर्गत रहेकोले राम्ररी सिके आर्थिक उन्नतिमा टेवा पु¥याउने शर्माको भनाई छ ।
त्यस्तै उक्त तालिमको व्यवस्थापन गरिरहेको कुशे लघु घरेलु सहकारी संस्थाकी अध्यक्ष शिला नेपालीले दलित कमजोर होइन साहसी भएर अगाडी बढ्नुपर्ने बताइन् । समाजमा दलितलाई तल्लो दर्जामा राखि मानविय अपमान गरेको पनि उनको भनाई छ ।
आफूमा भएको सिप र श्रमलाई व्यवसायिक करण गरेर अगाडि बढ्न सके मात्रै दलित दलितको दर्जामा नरहि समाजमा आफ्नो पहिचान बनाउ सक्ने बताईन् । तालिम राम्रोसंग सिकेर व्यवहारिक रुपमा उक्त तालिम सिक्न आएका यूवाहरुलाई नेपालीले शुभकामना समेत व्यक्त गरिन् ।
तालिम प्रभावकारी तरिकाले सिक्ने तालिममा उपस्थित प्रशिक्षर्थीहरुले आशय व्यक्त गरेका छन् । उक्त तालिममा तीन दिन सम्म सैद्धान्तिक सिकाइहुनेछ । त्यसपछि गाडी सिक्ने व्यवहारिक अर्थात प्राविधिक सिकाई रहने र नौँ दिन सम्म फिल्डमा गाडी प्रशिक्षण अभ्यास हुनेछ ।
फिल्डमा गाडी प्रशिक्षण अभ्यास पछि पाँचदिन सम्म सडक अभ्यास रहने छ । त्यस पछि ट्रायल अभ्यास हुने र लाईसेन्स लिखितको लागि दुई दिने लिखित लाईसेन्स अभ्यास भई तालिम समापन हुनेछ । उक्त तालिममा प्रशिक्षण अमृत मोटर ड्राइभिङ सेन्टर खुर्खेतले दिने छ ।
















































। ११ चैत्र २०७७, बुधबार