दीपेन्द्र मा.वि. मुल्साम वुलवुले झरना वालक्लव गठन


हरीबहादुर नेपाली
बारेकोट, ९ चैत्र । जिल्लाको बारेकोट गाउँपालिका ३ मा रहेको दीपेन्द्र माद्यामिक विद्यालयमा वुलवुल झरना बालक्लव गठन गरिएको छ । विद्यालयमा अध्यनरत्त कक्षा ६ देखि ९ कक्षा सम्मका विद्यार्थीहरुको सहभागीतामा २१ सदस्यीय बाल क्लव गठन गरिएको हो । बहुक्षेत्रीय पोषण योजना अन्तर्गत बालक्लव गठन तथा बालक्लवका पदाधिकारीलाई पोषण, वालविवाहा तथा सरसफाई सचेतन सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम अन्तर्गत गठन गरिएको छ ।

जसअन्र्तगत अर्जुन बोहरा अध्यक्ष, तारा नेपाली उपाध्यक्ष,सचिव सुरेन्द्र रोकाय, सह सचिव लक्ष्मी वि.क. कोषाध्यक्ष ऐश्वर्य रोकाय पदाधिकारीमा रहेका छन् । उक्त शिक्षा युवा तथा खेलकुद विकास शाखा बारेकोटका शिक्षा अधिकृत रामबहादुर मल्लको सक्रियतामा सम्पन्न भएको थियो । शिक्षा शाखाका प्रमुख नै विद्यालयमा आएर कार्यक्रम संचालन गर्दा उक्त विद्यालयका विद्यार्थी निकै हर्षित भएका थिए ।

अधिकृत मल्लले पहाडा मुल्साममा रहेका वालविकास भवनको अनुगमन विद्यालयको निरीक्षण लगायतका क्षेत्रमा अनुगमनमा गरेको थिए । विद्यालय व्यवस्थापन समिति अध्यक्ष राम बहादुर बोहरा, वडाध्यक्ष मनबहादुर शाही लगायतका अन्य सरोकारवालाहरुको उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया