
जाजरकोट, ८ चैत्र । जाजरकोटमा ५६ औं अन्तरराष्ट्रिय जातीय विभेद उन्मुलन दिवस मनाईएको छ । ‘राज्यले प्रदान गरेको सेवा सुविधामा दलित समुदायको पहुँच’ बिषयक अन्तरक्रिया कार्यक्रमको आयोजना गरेर जाजरकोटमा आईतबार ५६ औं अन्तरराष्ट्रिय जातीय विभेद उन्मुलन दिवस मनाईएको हो ।
भेरी नगरपालिका र सामाजिक बिकास कार्यालय, जाजरकोटको आर्थिक सहयोगमा ५६ औं अन्तरराष्ट्रिय जातीय विभेद उन्मुलन दिवसमा अन्तरक्रिया कार्यक्रमको आयोजना राष्ट्रिय दलित नेटवर्क (आरडिएन) नेपाल जाजरकोट, दलित गैरसरकारी संस्था महासंघ जाजरकोट, राष्ट्रिय दलित पत्रकार संघ जाजरकोट, नेपाल दलित समाज कल्याण संघ जाजरकोट, नेपाल कपडा तथा सिलाई ब्यबसायी संघ जाजरकोट, नेपाल पिडित समाज कल्याण संघ (नेप्सकोन) जाजरकोट र घरेलु महासंघ जाजरकोटले गरेका थिए ।
जात भनेको विभेद नभएर मानविय पहिचान भएको बताउदै छेडागाड नगरपालिकाका प्रमुख लालबहादुर महतराले जातलाई आधारमा गरिने विभेदलाई नेपालको संविधान र कानुनले बज्रित गरेको भनाई राखेका थिए । कुनै पनि ब्यक्तिको शारिरिक बनावट, बर्ण, धर्म, भाषा, संस्कृतिलाई जातीय उपमा दिने परम्परागत सोच र चिन्तनलाई बदल्नुपर्नेमा प्रमुख महतराले जोड दिएका थिए ।
जातीय भिन्नता प्रतिको हजारौं बर्ष पुरानो मानविय बुझाईलाई बदल्न निकै गाह्रो भएको बताउदै कार्यक्रमका प्रमुख अथिति प्रमुख महतराले लोकतान्त्रिक पद्दतिलाई अबलम्बन गरिरहेको अबस्थाका नागरिकका आनीबानीले जंगी दबाबको माग गरिरहेको बताएका थिए । आर्थिक हिसाबले बिपन्न र शैक्षिक हिसाबले पछाडी रहेको दलित समुदायलाई सरकारले आरक्षणको ब्यबस्था गरेको प्रमुख महतराले भनाई राखेका थिए ।
पुर्खौदेखि दलित समुदायको धर्म, संस्कृति र परम्परालाई बचाई राख्न बस्ती स्तरबाट धार्मिक मन्दीरहरु निर्माण, ढोल, थिल्लर, दमाह जस्ता पन्चेबाजा योजनाहरु छनौट हुने गरेको प्रमुख महतराले जानकारी दिएका थिए ।
विज्ञान र प्रविधियुक्त २१ औं शताब्दीको युगमा अन्तरिक्षमा मानव बस्ति बसाउने डोड बाजी चलिरहेको अबस्थामा हामी नेपाली भने, मानव–मानव बिच गरिने विभेदमै रहनु दुखद पक्ष भएको प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद देवकोटाले भनाई राखेका थिए । देवकोटाको छोरा भएता पनि आफुले जनाई नहालेको जानकारी दिदै प्रजिअ देवकोटाले रुढीगत संस्कार र संस्कृतिको अन्त्य गर्नमा सबैले जोड दिनुपर्ने बताएका थिए ।
नेपालको कानुनले बज्रित गरेको जातिय विभेद सम्बन्धिका उजुरीहरु आएमा तत्काल कानुन अनुसारको कारबाही गर्न आफु तयार रहेको प्रजिअ देवकोटाले भनाई राखेका थिए । पुर्खाले गर्दै आएको विभेदलाई हाम्रो पालामा अन्त्य गर्नुपर्ने बताउदै प्रजिअ देवकोटाले भावी पुस्तामा यस्तो विभेद हुन नसक्ने विश्वास व्यक्त गरेका थिए ।
जातलाई विभेदका रुपमा नभएर परिचयका रुपमा बुझ्नुपर्ने भनाई राख्दै प्रहरी नायव उपरिक्षक मधु कुमार थापाले विभेद सम्बन्धि कानुनी ब्यबस्थालाई कार्यान्वयन गर्न नेपाल प्रहरी तयार रहेको भनाई राखेका थिए । कानुनले गरेको ब्यबस्था अनुसारको अधिकारलाई स्थापित गर्न कुनै पनि अधिकारकर्मीहरुलाई असजिलो हुन्छ भने सहयोग गर्न नेपाल प्रहरी तयार रहेको डिएसपी थापाले बताएका थिए ।
सामाजिक रुपमा गरिएको जातिय विभेदका कारण दलित समुदायले गाउँमा नारकीय जीवन बिताउन बाध्य भएको बताउदै राष्ट्रिय दलित नेटवर्क (आरडिएन) नेपाल जाजरकोट अध्यक्ष गोपाल नेपालीले जातीय विभेद अन्त्य सम्बन्धिको अभियानले जिल्लामा आंशिक सुधार गर्न सफल भएको बताए । कयौंलाई बाबुको नामबाट नागरिकता सहित अंश दिलाउन सफल भएको, अन्तरजातिय बिबाहलाई प्रोत्सान भत्ता दिलाउन सपल भएको, नेपाली नागरिकताको प्रमाण–पत्रमा थर परिवर्तन गराउन सफल भएको अध्यक्ष नेपालीले भनाई राखेका थिए ।
जातीय विभेद सम्बन्धिका मुदामा अभियानले बहस, पैरवी गरेको अध्यक्ष नेपालीले बताएका थिए । उक्त अन्तरक्रिया कार्यक्रममा भेरी नगरपालिकाका उप–प्रमुख भावना भण्डारी, नेकपा जाजरकोटकी महिला नेतृ शिला नेपाली, नेपाली कांग्रेसका प्रतिनीधि रामप्रसाद शर्मा, नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका प्रतिनीधि धनजीत नेपाली, राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय सदस्य दिपक खनाल, भेन पा–४ का वडाअध्यक्ष खम्बजंग शाह लगाएतले आ–आफ्नो भनाई राखेका थिए ।
















































। ८ चैत्र २०७७, आईतवार