क्याम्पसमा खेलमैदान : विद्यार्थी भन्छन्,‘बषौँ देखिको खेल खेल्न सपना पुरा भयो’

कालीबहादुर नेपाली
जाजरकोट, १ चैत्र । जिल्लाको भेरी ज्ञानोदय क्याम्पसमा खेलमैदान निर्माण भएपछि विद्यार्थी हर्षित भएका छन् । संघीय सरकारको कुल ३५ लाख लागतमा खेलमैदान निर्माण भएसंगै विद्यार्थी हर्षित भएका हुन् । सदरमुकाममा रहेको एक मात्र क्याम्पसमा खेलमैदान निर्माण भएपछि क्याम्पसमा पढ्ने विद्यार्थीहरुले खुशी व्यक्त गरेका छन् ।

मानविकी संकाय अन्तर्गत तेस्रो सेमेस्टरमा अध्ययनरक्त छविराज सिंहले भने, ‘बषौँ देखिको खेल खेल्न पाउने सपना पुरा भएको छ, हामीले पटकपटक क्याम्पसलाई आग्रह गर्दै आएका थियौँ, आज हाम्रो चाहाना पुरा भएको छ, हामी निकै खुशी छौँ ।’ अव विद्यालयमा हुने जुनसुकै कार्यक्रम खेलमैदानमा गर्न सजिलो भएको उनले बताए ।

उनी मात्र होइन् व्यवस्थापन संकायको दोस्रो सेमेस्टरमा अध्ययरक्त यूवराज सिंह खेलमैदान निर्माणपछि विद्यार्थीहरु निकै खुशी रहेको बताउँछन् । उनले भने, ‘धेरै कुराको चुनौती सामना गर्दै क्याम्पसमा खेलमैदान निर्माण भयो, यसविचमा क्याम्पस प्रमुख र विभागिय प्रमुख सरको महत्वपुर्ण भुमिका रहेको छ ।’ उनीहरु मात्र होइन् क्याम्पसमा अध्ययनरक्त ३ सय भन्दा बढि विद्यार्थी खेलमैदान निर्माण भएपछि निकै खुशी भएको मानविकी संकायको दोस्रो सेमेस्टरमा अध्ययनरक्त विद्यार्थी प्रविन विकले बताए ।

उनले भने, ‘वरिपरी हरियो वनजंगल विचमा क्याम्पसको खेलमैदान यसले विद्यार्थीलाई शारीरिक कसरतमा समेत निकै फाईदा पुग्छ ।’ खेलमैदान निर्माण भएपछि नियमित क्याम्पस आउने विद्यार्थीको संख्यामा समेत वृद्धि हुने क्याम्पसले विश्वास लिएको छ । जिल्लाको सदरमुकाममा भएको क्याम्पसमा खेलमैदान निर्माणले विद्यार्थीहरुको उर्जामा वृद्धि गरेको क्याम्पसमा अध्यापन गराईरहेका प्राध्यापकहरुको भनाई छ ।

खेलमैदानका लागि जाजरकोटमा स्थानीय तहले खासै वास्ता नगरेका कारण खेलाडीहरुको संख्यामा कमी आएको जानकारहरु बताउँछन् । धेरै समस्याहरुको सामना गर्दै क्याम्पसले खेलमैदान निर्माण गरेको क्याम्पस प्रमुख चन्द्रबहादुर बुढाले बताए । उनले भने, ‘क्याम्पसमा खासै खेलमैदान थिएन, ३ रोपनी जग्गामा भारतीय दुतावासले निर्माण गरेको क्याम्पसमा वन विभागको स्वीकृति र वनमन्त्रालयको सहयोगमा विश्वविद्यालयले खेलमैदान निर्माण गरेको छ ।’

‘तत्कालिन वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतको सहयोगमा हामीलाई खेलमैदान निर्माण गर्ने सजिलो भएको हो, खेलमैदानको उद्धघाटन भएको छैन, विश्वविद्यालयले विल सहित प्राविधिक स्टमेट गरेपछि मात्र खेलमैदान उद्धघाटन गरिने छ’, उनले थपे । व्याटमेन्टन कोर्ट र भलिवलको खेमैदान निर्माण गरिएको उनले बताए ।

क्याम्पसमा पढ्ने विद्यार्थीहरुलाई खेल खेल्न र शारीरिक कसरत गर्न निकै सहज भएको विद्यार्थीहरुको भनाई छ । मैदानको वरीपरी तार जालीले धेरेको समेत भेरी ज्ञानोदय क्याम्पस जाजरकोटले जनाएको छ । खेलकुद मात्र होइन् शैक्षिक क्षेत्रमा पनि क्याम्पसले छलाङ्ग मार्नेछ भन्ने कुरामा अभिभावहरु विस्वथ देखिन्छन् ।

तपाईको प्रतिक्रिया