रोल्पाली यूवाले लेखे विप्लवलाई पत्र : ‘प्रचण्डको जस्तो क्रान्ती नगर्नु’

कामरेड विप्लव  ज्यू

क्रान्तिकारी लाल सलाम ।

          प्रिय कामरेड तपाईलाई पत्र लेखिरहँदा सम्म आरामै छु र आरामै हुनुहुन्छ भन्ने कामना गर्दछु । देश र जनताको हकहितको लागि आफ्नो ज्यानको प्रवाह नगरी सहादत प्राप्त गर्नुहुने महान सहिद प्रती हार्दिक श्रद्धाञ्जली, बेपत्ता योद्धाहरुको शिघ्र खोजी एवम् घाइते योद्धाहरु प्रती सिघ्र स्वास्थ्य लाभको कामना ।

कामरेड तपाईको राष्ट्रप्रेम , देशभक्ति भावना र निडरपनले आज नेपालको राजनीतिले फरक मोड लिएको छ । अशान्ती रुचाउँने व्यक्ती भन्नेहरु आज शान्तिप्रेमी भन्न रुचाईरहेछ्न । हिजो तपाईं लगायत प्रचण्डले बाँडेका आश्वासन , देखाउने गरेका सपना , क्रान्ति प्रतिको लगानी सबै नक्कली बनाउन खोज्ने प्रचण्डलाई त्यागी ( बैज्ञानिक समाजवादको) नारा अंगाल्दै अगाडी बढ्दा हामीलाई लागि रहथ्यो , विप्लपलाई नि राजनैतिक भागबन्डा पुगेन, पद पाएनन र फेरि खोक्रो क्रान्तिका सपना बाँड्दै छन् तर सौभाग्य भन्नुपर्छ तपाईले त्यसरी सोझा साझा आम सर्वसाधारणहरुलाई आफ्नो स्वार्थको निम्ति प्रयोग गर्नु भएन र आशा छ गर्नुहुने छैन पनि ।

तपाईंले  राजनीति कहिले र कसरी सुरु गर्नुभयोे, त्यो अहिले सोध्न र चर्चा गर्ने उत्साह म मा छैन । म त्यति विज्ञ र राजनीतिक बिश्लेसक पनि हैन, जसले तपाईलाई  सुझाव दिन सकोस् तरपनि म शहिदको सन्तति , रोल्पाली  र सहिद परिवार भएकोले जनयुद्धलाई नजिक बाट नियाल्ने अवसर  पाएकोले हिजोका हाम्रा अधुरा सपनाहरु अब पूरा हुन्छन् भन्ने आशा लिएका छौ ः– एउटा सुन्दर देश जहाँ नारीहरू पूरुष सरह नभई दोस्रो दर्जाको  नागरिक भएर बाँच्नुपर्दैन , जहाँ हाम्री दिदीबहिनीहरू छोरी चेलीहरू भारत लगायतका अन्य दोस्रो मूलूकमा भोग विलास तथा दासीको रूपमा बेचिनुपर्दैन, जून व्यवस्थामा नेपालका दलित माथि कुनै दमन हुर्दैन , समानता छाएको हुन्छ । जहाँ  सुकुम्वासीले त्रिपाल टाँगेर चिसो हुरी वतासमा कहालीलाग्दो जीवन बाँच्नुपर्दैन, जहाँ नेपालका यूवाहरू खाडीमुलुकमा नोकर चाकरको ,दासको जीवन बाँच्नुपर्दैन, जून व्यवस्थामा कोही नेपाली भोकै हुदैन, जहाँ सबै नेपालीलाई  गाँस , वास कपास, शिक्षा, स्वास्थ्य, रोजगारी र स्वतन्त्र जीवन मिल्नेछ ।

जहाँ गरिब र धनीले लिने शिक्षामा अन्तर हुने छैन , त्यस्तो व्यवस्था  सिर्जना गर्ने उदेश्यका साथ  २०५२ फाल्गुन १ गते नेपालमा पनि (माओबादी ) ले क.प्रचण्डको  नेतृत्वमा जनयुद्धको सङखघोस गरे संगै देशमा मार्ने र मर्ने जस्तो जटिल परिस्थिति सिर्जना भयो । तर आज शहिदको सपनालाई  १० लाखमा साट्ने , देशका नदीनाला बेच्ने , व्यक्तिगत स्वार्थमा तल्लीन हुने , जनबादी शिक्षा ल्याउछौ भन्ने  बहाना र लुकिछिपिको खेललाई सहन नसकिने रहेछ,आशा छ यहाँले यो सबै मनन गर्नु हुनेछ ।

हिजो क्रान्ति भन्दै देश बनाउँछु भन्दै आफ्नो ज्यानको प्रबाह नगर्ने ती महान सपुतहरु लाई आज राष्ट्रिय सहिद घोषणा गरिएको छैन, हिजोको जनयुद्ध कुनै पार्टी बनाउन नभै,राष्ट्र बनाउन गरिएको थियो । त्यसकारण पनि सहिदहरु पार्टी विशेष हुदैनन् ,देशभक्त हुन्छन् । अस्ति मात्रै तपाईं नेपाल सरकारका प्रधानमन्त्री केपी शर्मा ओलि संग हस्ताक्षर कार्यक्रममा सहभागी हुदाँ के. पि.ले झापा आन्दोलनमा मारिने व्यक्तिलाई राष्ट्रिय सहिद घोषणा गरे तर जनयुद्धमा सहादत प्राप्त गर्ने सहिदको सम्झना सम्म सरकार प्रमुखले गरेनन् ।

हामीलाई त नेपाल सरकारले द्वन्द्व प्रभावित भन्छ, भने सोच्नु हामी कति पीडित छौँ । उहाँले सहिद सम्म नभन्दा हाम्रो मन कति खिन्न भयो होला । तरपनी हामी सहिद परिवार निराश छैनौं , तपाईंले सम्बोधन गर्नुभयो । वार्तामा जानू पुर्ब सहिदकी आमालाई भेट्ने वातावरण मिलाउनुभयो, सरकारले हेलिकप्टर पठाउँदा स्वीकार गर्नुभएन र  सुरक्षागार्ड पनि राख्न मान्नु भएन भने तपाईलाई जनताप्रती विश्वास छ र जनतालाई नि हजुरप्रति यसलाई सधै आत्मसाथ गर्नुहोला । आश छ तपाईंले द्वन्द्व प्रभावित भन्ने शब्दलाई , सहिदको नाम दिनुहुने छ ।

प्रचण्डले क्रान्ति सकिएको घोषणा गर्दै गर्दा उनलाई लाग्थ्यो होला आफू ४०–५० जनाको सुरक्षामा छु । दरबारिया सुख सयल पाएपछी जनताको पिडा बुझ्न् कठिन हुदोरहेछ । आज उनको घमण्ड सबै सकिएको छ । त्यसकारण सतही रुपमा हेर्दा जनता अबुझ ,निरीक्षर  देखिए पनि सत्य र असत्य छुट्टाउन  सामथ्र्य राख्छन् । यसो हेर्दा जनताको जनजीवन सामान्य देखिएपनि ज्यालादारी गर्नेहरु र आफ्नो उज्यालो भबिष्य देख्दै विश्वका विभिन्न सहरहरुमा भएका नेपालीहरूको पीडा शब्दले व्याख्या गर्न सकिदैन् ।  तपाइलाई तपाईं बन्न सक्ने, बनाउने तपाइकै नेपाली  मजदुर किसान बिद्यार्थीहरु विभिन्न सहरहरुमा साँझ परेपछि मन अमिलो बनाउदै भोलीको प्रतिक्षा गर्ने बाहेक अरु विकल्प सोच्नै सकिरहेका छैनन् ।

अब यिनै  आशाहरु पनि लामो समय टिक्न सक्ने अवस्था छैन । राजनीतिक दल बिचको प्रतिस्पर्धाले निर्दोष जनताले दु : ख पाउन सुहाउँछ र ?? चुनाव मात्रै जित्नु ठूलो कुरा रहेनछ, चुनाव पछि पनि जनताको मन जित्नु ठूलो कुरा एकपटक तपाईं आफै आत्मासमिक्षा गर्नूहोस कि हिजोका दिनमा प्रचण्ड भनेपछि मरिहत्ते गर्ने दूखी, गरीब , सहिद परिवार , बेपत्ता परिवार , घाइते जन , ज्याला मजदुरी काम गरिखाने मजदुर दलित निम्न वर्ग भनिने सबै र सुकुम्वासी किन प्रचण्ड प्रति यति रूष्ट छन् ? हिजोसम्म कम्युनिष्ट भनेर चिनिने उनलाई  आज यिनैले  गद्दार , दलाल र पूजीँपतीको नाम किन दिदैछन ?

पहिले आफु स्थापित हुनलाई सोझा साझा जनतालाई  भिडाउँछन , आफू पदमा पुगेपछि कुर्सीकै तानाखिची गर्छन् , दुःखमा त कहाँ आउँछन् र चुनावमा मात्रै आउँछन्, भन्ने जस्ता केही नकारात्मक टिका टिप्पणीहरु पनि सामाजिक सञ्जालमा भेटिरहेको छु । यी सबैलाई आत्मासाथ गर्नुहुनेछ भन्ने विश्वास लिएको छु ।

 जहाँ अन्याय हुन्छ त्यहा बिद्रोह हुनु स्वभाविक कुरा हो । जसलाई नेपाली जनताले गरेका विभिन्न आन्दोलनले स्पष्ट पारिसकेका छन् ।  सतही रुपमा हेर्दा जनजीवन सामान्य देखिए पनि दैनिक ज्यालादारी गर्नेहरु र आफ्नो उज्यालो भबिस्य देख्दै विश्वका विभिन्न सहरहरुमा भएका नेपालीहरूको पीडा शब्दले व्याख्या गर्न सकिदैन् ।

 तपाई नेपालीहरूको पीडा शब्दले व्याख्या गर्न सकिदैन् ।  तपाइलाई तपाईं बन्न सक्ने, बनाउने तपाइकै नेपाली   बिद्यार्थीहरु विभिन्न सहरहरुमा साँझ परेपछि मन अमिलो बनाउदै भोलिको प्रतिक्षा गर्ने बाहेक अरु बिकल्प सोच्नै सकिरहेका छैनन् ।

अब यिनै  आशाहरु पनि लामो समय टिक्न सक्ने अवस्था छैन । राजनीतिक दल बिचको प्रतिस्पर्धाले निर्दोष जनताले दु ख पाउन सुहाउँछ र ?? चुनाव मात्रै जित्नु ठूलो कुरा रहेनछ, चुनाव पछि पनि जनताको मन जित्नु ठूलो कुरा

एकपटक तपाईं आफै आत्मासमिक्षा गर्नूहोस कि हिजोका दिनमा प्रचण्ड भनेपछि मरिहत्ते गर्ने दूखी, गरीब , सहिद परिवार , बेपत्ता परिवार , घाइते जन , ज्यालामजदुरि काम गरिखाने मजदुर दलित निम्न बर्ग भनिने सबै र सूकूम्बासी किन प्रचण्ड प्रति यति रूस्ट छन् ? हिजोसम्म कम्युनिस्ट भनेर चिनिने उनलाई  आज यिनैले  गद्दार , दलाल र पूजिपतीको नाम किन दिदैछन ?

पहिले आफू स्थापित हुनलाई सोझा साझा जनतालाई  भिडाउछन , आफू पदमा पुगेपछि कुर्सीकै तानाखिची गर्छन् , दुःखमा त कहाँ आउँछन् र चुनावमा मात्रै आउँछन्, भन्ने जस्ता केही नकारात्मक टिका टिप्पणीहरु पनि सामाजिक सञ्जालमा भेटिरहेको छु । यी सबैलाई आत्मासाथ गर्नुहुने छ भन्ने बिश्वास लियको छु।

 जहाँ अन्याय हुन्छ त्यहा बिद्रोह हुनू स्वोभाबिक कूरा हो । जसलाई नेपाली जनताले गरेका विभिन्न आन्दोलनले स्पष्ट पारिसकेका छन ।

 सतही रुपमा हेर्दा जनजीवन सामान्य देखिए पनि दैनिक ज्यालादारी गर्नेहरु र आफ्नो उज्यालो भबिस्य देख्दै बिस्वका विभिन्न सहरहरुमा भएका नेपालीहरूको पीडा शब्दले व्याख्या गर्न सकिदैन् ।  तपाइलाई तपाईं बन्न सक्ने, बनाउने तपाइकै नेपाली  मजदुर किसान बिद्यार्थीहरु विभिन्न सहरहरुमा साँझ परेपछि मन अमिलो बनाउदै भोलिको प्रतिक्षा गर्ने बाहेक अरु विकल्प सोच्नै सकिरहेका छैनन् ।

 चुनाव मात्रै जित्नु ठूलो कुरा रहेनछ, चुनाव पछि पनि जनताको मन जित्नु ठूलो कुरा रहेछ । तपाईंसँग नेपालका अन्य नेतृत्वहरुसँग भन्दा धेरै र प्रभावकारी अनुभव छ । सबैभन्दा बलियो आधार तपाई संग सहिद , बेपत्ता एवम् घाइते योद्धाहरु संग भावना जोडिएको छ ,जनता सँग तपाईंप्रतिको बिश्वास पनि बढेको छ । अब म तपाईको क्षमतामाथि  प्रश्न गर्न चाहन्न । हिजो तपाईंको साथमा हुनु भएका क. किरण टुटनु को कारण पत्ता लगाएर एकताका साथमा  लाग्नुभयो भने उत्तम हुनेथियो ।

काम गर्दा पनि काहीँ न काहीँ बाट नकारात्मक टिप्पणी त आइनै हाल्छ्न । तर यो समय सबै आलोचनालाई पन्छ्याएर अगाडी बढ्नुपर्ने समय रहेछ । जनताको दुःखमा भौगोलिक विकटतामा , दलित , पिछडिएको वर्र्ग  सबैलाई समतामूलक व्यबहार गर्दै सूखी र खूसी नेपालीको परिकल्पना स्वरोजगार सिर्जना विभिन्न कलाकारखाना खोली नेपालको कायापलट गर्ने अभियान सहित तपाईको महत्वपुर्ण सहभागिता देख्न पाउने आशा गर्दछु ।

लेखक :  सहिद दुर्गे वली ( जुनकीरी ) का छोरा सहिद तथा बेपत्ता योद्धा सन्तति फाउन्डेसन लुम्बिनी प्रदेश अध्यक्ष  एवम् अखिल क्रान्तिकारीका भुतपुर्व केन्द्रिय सदस्य हुन् ।

तपाईको प्रतिक्रिया