जाजरकोटमा राखियो नेकपा (एमाले) को बोर्ड

No photo description available.जाजरकोट, २५ फागुन ।  यसअघि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को कार्यालय रहेको जाजरकोटमा नेकपा (एमाले)को बोर्ड राखिएको छ । सर्वाेच्च अदालतले नेपाल कम्युनिष्ट पार्टीको आधिकारिकताबारे विवादको फैसला गर्दै नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) लाई ब्यूँताएपछि जाजरकोटमा नेकपा एमालेको बोर्ड राखिएको हो ।

May be an image of 5 people, including Bhawana Bhandari, people standing and people sitting

अदालतले नेपाल कम्युनिष्ट पार्टीको मान्यता भने ऋषि कट्टेल नेतृत्वको पार्टीलाई प्रदान गरेको छ । कट्टेलले एमाले र माओवादी केन्द्र एकता गरी नेपाल कम्युनिष्ट पार्टी नाम राखेर निर्वाचन आयोगमा दर्ता गर्नुअघि नै नेकपा दर्ता गरेका थिए । तर, केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले एकता गरी नेकपा नाम राख्दै कट्टेलमाथि बलमिच्याइँ गरेका थिए ।

यो कार्यमा निर्वाचन आयोगले पनि ओली–दाहालकै पक्षमा दल दर्ता गरी उनीहरुलाई सघाएका थिए । हाल आयोगको उक्त निर्णय गलत सावित भएको छ र आयोग पुनः पंगु बनेको टिप्पणी गरिएको छ ।

अदालतको फैसलापछि साविक एमाले र माओवादी नै कायम रहेपछि पूर्व एमालेहरु एमालेतिरै र माओवादीहरु माओवादीतिर लागेको बेला जाजरकोटमा एमालेको बोर्ड राखिएको केन्द्रिय सदस्य कौशिलावत्ती खत्रीले जानकारी दिईन् । ओली समुहका नेताहरुको बाक्लो उपस्थितीमा बोर्ड राखिएको छ ।

तपाईको प्रतिक्रिया