जाजरकोट, २६ फागुन । जिल्लामा आर्थिक अभाव तथा लाजका कारण पाठेघर खस्ने समस्या लुकाएर बसेका महिलाहरुको निशुल्क उपचार भएको छ । १५ जना पाठेघर खसेका महिलाहरुको उपचार कार्य सम्पन्न भएको हो ।
कतिपयले आर्थिक अभावका कारण नेपालगंन्ज लगायत शहरी क्षेत्रमा गई उपचार गराउन नसक्दा अकालमै मृत्यु भएको घटना जाजरकोटका लागि नयाँ भने होइन । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको आयोजना र स्वास्थ्य सेवा कार्यालय जाजरकोटको समन्वयमा भएको शिविरमा १५ जना महिलाले नयाँ जीवन पाएको बताएका छन् ।
प्रतिष्ठानको आयोजनामा यो भन्दा पहिले तीन पटक यस्तो खालको शिविर भइसकेको छ । प्रतिष्ठानकी सिनेट सदस्य सत्य पहाडीले जाजरकोटमा पाठेघर खस्ने महिलाहरुको संख्या अत्यधिक रहेको भन्दै वर्षेनी यस्ता कार्यक्रम जाजरकोटमा गरिएको बताईन् । ‘महिलाहरुको समस्या कसैले बुझदैनन् हामी महिला भएकै कारण त्यो पीडा महसुस हुन्छ अनि जिल्लामा यस्ता खालका निशुल्क कार्यक्रम गरिरहनु पर्छ’ पहाडीले भनिन् ।
तीन दिनसम्म पाठेघर खसेका महिलाको शल्यक्रिया सेवा सञ्चालन गरिएको थियो । ‘एक महिलाको पाठेघरको शल्यक्रिया गर्नमात्रै रु ६० देखि ९० हजारसम्म लाग्छ, जाजरकोटबाटै जिल्ला बाहिर जान गाडी भाडादेखि होटल खर्च सहित एक लाखभन्दा बढी खर्च जुटाउनु पथ्र्यो, जिल्लामै निशुल्क शल्यक्रिया भएपछि जाजरकोटी महिलाको लाखौँ रुपैयाँ जोगिएको छ, यस्तो अवसर कमै मात्रामा पाइन्छ’ डा. सुबि बस्त्यातले भने । ३५ वर्ष देखि ५५ वर्ष सम्मका महिलाहरुको शल्यक्रिया गरिएको छ ।
‘पाँच वर्षदेखि पाठेघर खस्ने समस्याले ग्रसित थिए, लाज मान्ने बानीले गर्दा न आफ्नो समस्या परिवारलाई भन्न सकेको थिए न पटक–पटक गाउँघरमै पुग्ने स्वास्थ्यकर्मीलाई ? यस्तो समस्याले ग्रसित पार्दै गएपछि थला परेको हुँ , यस पटक जिल्लामै स्वास्थ्य निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएपछि शल्यक्रिया भएको छ’ छेडागाड नगरपालिका–१ बडावनकी सुन्तली बुढाथोकीले भनिन् । ‘शल्यक्रियापछि स्वास्थ्य हलुङ्गो महसुस भएको छ, पाठेघर खस्ने समस्याले सार्वजनिक भेलामा जानसमेत समस्या हुन्थ्यो अहिले सहज छ’ उनले भने ।
उनले पूर्व शान्ति मन्त्री पहाडी र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको डाक्टरको टोलीलाई समेत धन्यवाद समेत दिईन् । त्यस्तै, जिल्लामै पाठेघरको शल्यक्रिया भएपछि लामो समयदेखि ग्रसित नलगाड नगरपालिका नगरपालिका–४ की मैसरी विक पनि खुशी भएको बताईन् । उनी पनि आइतबार पाठेघरको शल्यक्रिया भएको थियो ।
शल्यक्रियापछि आफ्नो स्वास्थ्यमा सुधार आएको उनको भनाई छ । गर्भवती अवस्थामा आराम नगर्ने, प्रसूतिपछि उचित स्याहार तथा आराम नगर्ने, कडा परिश्रम गर्ने, गह्रौं भारी बोक्ने र चुरोट पिउने लगायतका कारण पाठेघर खस्ने चिकित्सकको भनाई छ ।
दुर्गम क्षेत्रका महिला योे समस्याबाट धेरै पीडित रहेको स्वास्थ्यकर्मीहरु बताउँछन् । पीडित महिला पति र सासू÷ससुराको डर तथा छिमेकीको लाजले यति ठूलो समस्यालाई लुकाएर बस्दै आएको पाइएको छ । आफ्नो समस्या पतिलाई समेत व्यक्त गर्न नसक्ने कस्तो लाज डर होला ?
डाक्टर सुनिल पुनले भने । पीडित महिला कतिले लाज र अवहेलना होला भन्ने डर, कतिले पतिले दोस्रो बिहे गर्ला भन्ने डर, घरायसी काम कसले गर्ला भन्ने डर, चेतनाको कमी, बच्चाको स्याहारसुसार गर्न अप्ठेरो हुन्छ कि भन्ने डरलगायत कारणले यो समस्या लुकाउने गरेको पाइएको छ । कति थाहा पाएर पनि अप्रेसन गर्न डराएर पनि पीडित बनेको डाक्टर सुबि बस्न्यातले बताउनुभयो ।
पीडित महिलाले भन्न नमान्दा पनि समस्या भएको हो । पाठेघर खस्ने समस्याका तीन चरणमध्ये पहिलो अभ्यास गर्ने, दोस्रो रिङ प्रेसरी राख्ने र तेस्रो अप्रेसन गर्नुपर्ने डा. बस्न्यातको भनाइ छ । अंग बाहिर निस्केपछि फोहोर तथा घस्रनले फुल्न गई इन्फेक्सन हुँदा अप्रेसन गर्नुपर्ने बाध्यता हुन्छ,’ डा. बस्त्यातले भने ।
जिल्लाको छेडागाड ,नलगाड , बारेकोट, कुशे र शिवालय गाउँपालिकाका महिलामा यो समस्या बढी भएको स्वास्थ्य सेवा कार्यालयका प्रमुख सुनिल पुनले जानकारी दिए । #नेपालपाेस्टखबर#
















































। २६ फाल्गुन २०७७, बुधबार