नगरपालिकाले कर्मचारी बर्खास्त गरेको प्रति ट्रेड यूनियनको आपत्ती

जाजरकोट, १९ फागुन । जिल्लाको भेरी नगरपालिकाले कर्मचारीलाई बर्खास्त गरेको प्रति निजामति कर्मचारीहरुको आधिकारिक ट्रेड यूनियनले आपत्ती जनाएको छ । नगरपालिकामा कार्यरक्त एम.आई.एस. अपरेटर पवन शर्मा,सरोज वली, र सहायक चौथो पदमा कार्यरत भरतकुमार शर्मालाई बर्खास्त गरेकोप्रति आपत्ती जनाएको हो ।

एक विज्ञप्ती जारी गर्दै, फागुन १७ गते स्पष्टीकरण माग गरेकोमा उनीहरुले स्पष्टीकरण पेश गरेको अवस्थामा समेत फागुन १८ गते कर्मचारीलाई बर्खास्त गरेको प्रति यूनियनको गम्भीर ध्यानआकर्षण भएको समेत बताएको छ ।

विज्ञप्तीमा यस्तो भनिएको छ,

राष्ट्रसेवक कर्मचारीको हक,हित र सरोकारकाब विषयमा यस सार्वजनिक प्रशासनलाई व्यवस्थित गरी जनउत्तरदायी प्रशासन कायम गर्ने प्रमुख उद्धेह्यका साथ स्थापना भएका हामी पेशागत ट्रेड यूनियनहरु आफ्नो उद्धेश्यप्रति अविचलित रुपमा निरन्तर क्रियाशिल रहेका छौँ ।

जाजरकोट जिल्लाको भेरी नगरपालिकामा एम.आई.एस. अपरेटर पदमा कार्यरत श्री पवन शर्मा तथा श्री सरोज वली र सहायक चौथो पदमा कार्यरत भरत कुमार शर्मालाई मिती २०७७।११।१७ गतेका दिन स्पष्टीकरण माग गरेकोमा निजहरुले स्पष्टीकरण समेत पेश गरिसकेको अवस्थामा मिती २०७७।११।१८ गते भेरी नगरपालिकाले सेवा बाट बर्खास्त गरेकोले कर्मचारीहरुलाई सेवा प्रति बफादार बनाउने भन्दा पनि बर्खास्त गर्ने दुराशयपुर्ण मनशायले स्पष्टीकरण सोधेर बर्खास्त गरेकोले यस्ता कार्यले राष्ट्रसेवक कर्मचारीहरुको मनोवल कमजोर हुने तथा सेवा प्रवाहमा समेत प्रभावकारी काम नरहने कुरामा सचेत गराउँदै यसरी प्रतिसोध तथा पूर्वागा्रहबाट प्रेरित भएर कर्मचारीहरु बर्खास्त गरेको कार्यप्रति हाम्रो गम्भीर रुपमा ध्यानआकर्षण भएको छ ।

आफ्नो नेतृत्वको निकायमा फरक राजनितीक आस्था राखेकै आधारमा निजहरुको रोजगारी खोस्ने कार्यको घोर निन्दा गर्नुका साथै त्यसरी गरिएको प्रतिसोध तथा पूर्वागा्रह बाट प्रेरित कारबाही फिर्ता लिएर अविलम्व काममा लगाउन हुनुका साथै आगामी दिनहरुमा समेत यस्ता गतिविधीहरु नगर्न हुन हामी जोडदार माग गर्दछौँ, भनी अध्यक्ष वीरबहादुर चन्द्र, सचिव राम सिंह ठकुरी,उपाध्यक्ष कृष्णाबहादुर खत्री र कार्यवहाक अध्यक्ष दलवीर पुनद्धारा हस्ताक्षर गरिएको विज्ञप्तीमा भनिएको छ । फरक आस्था राखेकै निउमा कर्मचारीलाई बर्खास्त गर्नु पूर्वाग्राही ढंगले काम गरेको जानकारहरु बताउँछन् ।

No description available.

तपाईको प्रतिक्रिया