भेरीकाे शिक्षक छनोट परिक्षामा तीन जना मात्र पास

जिस विषय की परीक्षा उसकी तीन किताबें सामने रखकर शिक्षकों ने दिया इम्तिहान

प्रेम विश्वकर्मा
जाजरकोट, १९ फागुन । भेरी नगरपालिकाले लिएको शिक्षक छनोट परिक्षामा तीन जना मात्र पास भएका छन् । भेरी नगरपालिकाले नगरपालिकाका सामुदायिक विद्यालयमा अनुदान शिक्षक राख्न लागेको छ । प्रा. वि तहको परिक्षा सोमबार सम्पन्न भएको थियो । उक्त परिक्षामा भने १७ जना परिक्षार्थी मध्ये एक जना पनि पास भएका थिएनन् ।

नि. मा. वि. तहको परिक्षा बुधबार भएको छ । शिक्षक छनोटका लागि बुधबार लिएको पहिलो चरणको नि. मा. वि. स्तरिय परिक्षामा तीन जना मात्र पास हुन सफल भएका छन् । शिक्षक छनोट समितिले लिएको एघार विद्यालयको संयूक्त परिक्षामा दर्खास्त दिएका ४० जना मध्ये ३८ जना परिक्षार्थीको उपस्थिति रहेको थियो भने २ जनाको अनुपस्थिति रहेको थियो ।

३८ जना परिक्षार्थी मध्येबाट तीन जना मात्र पास भएका हुन् । पास हुनेमा शिव मा वि कालेगाँउबाट परिक्षा दिने बिन्दु बटाला १०० पुर्णांकमा मा ६४ ल्याएर पास भएकी छिन् । त्यस्तै ५६.८ ल्याएर भगवती मा. वि. कुदुबाट परिक्षा दिने निर्मला खत्री रोकाय पास भएकी छिन् भने ५०.४ ल्याएर नेरा आ. वि. खाल्टाकुराबाट परिक्षा दिने मोहन प्रकाश चन्द पास भएका छन् । दोस्रो चरणको लिखित परिक्षा सञ्चालनकै अबस्थामा छ ।

पहिलो चरणको परिक्षामा पास भएकाहरुको पूर्ण पासको टुङ्गो आज नै लगाउने निमित्त प्रशासकिय अधिकृत दल बहादुर घर्तीले बताए । नगरपालिकाले लिएको परिक्षाको प्रणाली अहिले सम्मकै उत्कृष्ट प्रणाली भएको शंकर भवन मा वि बाहुनथानका प्रअ लाल ब.चन्दले बताए ।

विद्यालयमै परिक्षा सञ्चालन गर्दा पावरका आधारमा आफ्नो मान्छे राख्ने चलन थियो । यसरी निश्पक्ष ढङ्गले परिक्षा गर्दा गुणस्तर शिक्षक विद्यालय पाउने र शक्तिको राज हट्ने नेरा आ वि खाल्टाकुराकी प्रअ धनसरा चन्दले बिचार व्यक्त गरेकी छिन् । अन्तिम परिक्षाको निर्णय केही छिट्टै आउने छ ।

तपाईको प्रतिक्रिया