सात दिन ‘महिलासँग उप–प्रमुख’ कार्यक्रम सुरु

No description available.

प्रेम विश्वकर्मा
जाजरकोट, १८ फागुन । महिलासँग उप–प्रमुख कार्यक्रम अन्तरर्गत सात दिने पोते बुनाई तालिम सुरु भएको छ । भेरी नगरपालिकाका वडा स्तरिय महिलाहरुको सिप विकास गर्नको लागि महिलासँग उप–प्रमुख कार्यक्रम राखिएको थियो ।

उक्त कार्यक्रम अन्तरगत १,२ र ५ वडाका एक वडाबाट ५ जना गरि १५ जना महिलालाई पोते बुनाइ तालिम दिन लागिएको छ । वडामा महिला सञ्जाल संयोजकको रुपमा जननिर्वाचित महिला जनप्रतिनिधि रहने प्रावधान छ ।

सोहि वडा संयोजकहरुद्धारा दलित,गरिब तथा विपन्न परिवारका महिलाहरुलाई तालिमका लागि छनोट गरिएको थियो । तालिम १८ गते देखि २४ गते सम्म एक हप्ता चल्ने छ । तालिमबाट कम्तिमा १२ वटा पोतेका डिजाइन बुन्न सिक्ने अनुमान गरिएको छ ।

No description available.

पोते विशेष त हिन्दु महिलाहरुको पहिरनको रुपमा रहेकोले नेपाली समाजमा छुट्टै पहिचान बोकेको भेरी नगरपालिका नगर प्रमुख चन्द्र प्रकास घर्तिले बताएका छन् ।

“कुनै पनि सिप सिक्नु मात्र ठूलो कुरा होइन ,सिकेको सिपलाई व्यवसायिक बनाउनु महत्वपूर्ण कुरा हो,”घर्तिले भने । नगरपालिकाले तालिममा दिएका कयौँ कल खिया लागेका छन् तर त्यहि पेसा अङ्गाल्दै लाखौ कमाउने भएका मिलन परियारको प्रसङ्गलाई जोड्दै महिलाहरुले पनि पोते बनाउन सिकेर पोते व्यवसाय तिर लाग्ने घर्तिले आशा व्यक्त गरेका छन् ।

बार्षिक करोडौको पोते नेपालमा बिदेशबाट भित्रि रहेको हुन्छ । पोतेको महत्व धेरै भएको र यसलाई व्यवसायमा परिनत गर्न सके मनग्गे आम्दानी गर्न सक्ने घर्तिको भनाइ छ । पोते उत्पादन गरे नगरले नै बजार व्यवस्थापन गरिदिने समेत घर्तिले प्रतिबद्धता जाहेर गरेका छन् ।घर्तिले पोते बुनाइ तालिम राम्रोसँग सिक्न सबै महिलालाई शुभकामना समेत व्यक्त गरेका छन् ।

नगरका महिलाका लागि मात्र होइन जाजरकोटकै महिलाका लागि पोते बुनाइ तालिम नयाँ भएको नगर उप–प्रमुख भावना भन्डारीको दाबी छ ।महिला अब कुरा सिक्नेमा मात्र सिमित हुने भन्दा पनि केहि सिपमूलक व्यवसाय तिर लाग्नु पर्ने भण्डारीको भनाइ छ ।

 

फुर्सदको समयमा पनि पोते बुनेर घरको आर्थिक भार थाम्न सकिने भएकाले तालिम राम्रोसँग सिक्न भण्डारीले तालिममा सहभागि महिलाहरुलाई अनुरोध गरेकी छिन् । भण्डारीले तालिममा सहभागि महिलालाई सिप सिकेर व्यवसायिक बनेको देख्न पाउ भन्दै शुभकामना व्यक्त गरेकी छिन् ।

No description available.

नगरपालिकाका १३ वटै वडामा महिलासँग उप–प्रमुख कार्यक्रम अन्तरगत विभिन्न तालिमहरु भइरहेका छन् । ६,७ र ८ नं वडामा संयूक्तरुपमा गरिइको २ दिने च्याउ उत्पादन तालिम फागुन १ र २ गते सम्पन्न गरिएको थियो ।

क्रमस वडा नं ९ मा मुढा बुनाइ तालिम,१० र १३ मा सर्वोत्तम पिठो उत्पादन तालिम,३ र ४ मा अचार उत्पादन तालिम र ११ र १२ मा करेसा बारी व्यवस्थापन तालिम सम्पन्न हुने भेरी नगरपाकिा महिला बालवालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख बिपना पौडेलले जानकारी दिइन् । सनराईज कटेज भेरी नगरपमलिका–३ मा गरिएको पोते बुनाइ तालिममा नेपालगञ्जकी ममता शाहीले प्रशिक्षण दिदैछिन् ।

तपाईको प्रतिक्रिया