खलंगा–रिम्ना सडक खण्डमा एक हप्तासम्म सिप्टमा गाडी


जाजरकोट, १९ फागुन । डोल्पा सडक अन्तरर्गत भेरी करिडोरको जिरो प्वाईनट पासागाड–रिम्न सडक खण्डमा एक हप्तासम्म सिप्टमा गाडी संचालन हुने भएका छन् । रिङ्गौटादेखि रिम्ना भीरको सडक खण्डको स्तरउन्नती गर्नुपर्ने भएको हुदाँ एक हप्तासम्म गाडीहरु सिप्टमा संचालन हुने भएका हुन् । प्रमुख जिल्ला अधिकारी चेतराज बरालको अध्यक्षतामा मंगलबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

जिल्ला यातायात व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका प्रजिअ बरालको अध्यक्षतामा बसेको बैठकले यहि फागुन २५ गतेदेखि आगामी चैत २ गतेसम्म उक्त सडक खण्डमा सिप्टमा गाडी संचालन गर्ने निर्णय गरेको हो ।

सडक स्तरउन्नतीको कामलाई पुरा गर्न एक हप्तासम्म गाडीलाई सिप्टमा संचालन गर्नुपर्ने अबस्था आएको जानकारी दिदै प्रजिअ बरालले मालबहाक ट्रक तथा ढुवानीका अन्य साधनहरु सल्यानको सल्लीबजारदेखि पश्चिम रुकुमको चौरजहारी हुदै सिम्लिमा सानो भेरी वारपार गराउन सकिने व्यवस्था गरिएको बताए ।
उक्त सडकमा संचालन भई रहेका केही यात्रुबहाक गाडीलाई यताको रिङ्गगाउटा र उताको रिम्नामा राखेर मेल सिष्टममा संचालन गर्ने व्यवस्था मिलाउन प्रजिअ बरालले यातायात व्यवसायीलाई निर्देशन गरेका छन् ।

उक्त बैठकले पासगाड–रिम्ना सडक खण्डको रिङ्गौटा देखि रिम्नासम्म विहान ७ बजेभन्दा अगाडी, ११ बजेदेखि १२ बजेसम्म, दिउसो ३ बजेदेखि ४ बजेसम्म र बेलुका ६ बजे भन्दा पछाडीको समयमा गाडी पास गर्न सकिने निर्णय भएको प्रजिअ बरालले जानकारी दिएका छन् । उक्त निर्णय यहि फागुन २५ गते भन्दा अगाडी मात्र लागु हुने प्रजिअ बरालले जानकारी दिएका छन् ।

तपाईको प्रतिक्रिया