यूवालाई एक महिने आत्मनिर्भर तालिम

May be an image of 2 people, bicycle and indoor
जाजरकोट, १८ फागुन । जाजरकोटका दलित यूवाहरुका लागि एक महिने तालिम सुरु भएको छ । कर्णाली प्रदेश सामाजिक विकास कार्यालय जाजरकोटको आर्थीक सहयोगमा एक महिने सिलाई तथा ग्रामेन्ट तालिम सञ्चालन गरिएको हो ।

May be an image of 4 people, people sitting and people standing

जिल्लाका सात वटै स्थानीय तह बाट ३÷३ जनाको उपस्थिती रहेको छ । उद्धघाटन कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिती जाजरकोका प्रमुख मनबहादुर रावलले भने, ‘सीप विना यहाँ कोही पनि बाँच्न सक्दैन्, सीप वेलैमा सिकेको मान्छे समाजको असल मान्छे हो ।’

जिल्लामा रहेका वेरोजगार यूवाका लागि स्वरोजगार यूक्त तालिमहरुको व्यवस्था गर्नु आजको आवश्यकता भएको उनको भनाई छ । एक महिने तालिमले जिवनयापन गर्न सजिलो बनाउने समेत विश्वास व्यक्त गरे । यस्तै घरेलु महासंघ नेपालको केन्द्रिय सदस्य शिला नेपालीले यहाँका यूवाहरुका लागि निकै उपलब्धीमुलक तालिम रहेको बताईन् ।

उनले भनिन्, ‘पछिल्लो समय जाजरकोटका यूवाहरु कुलत तथा अन्य विकृतितिर हिडिएका वेला यस्ता कार्यक्रमले निकै राम्रो गर्नेछ ।’

सीप भनेको जीन्दगी जिउने कला भएकोले यसलाई राम्रो संग पालना गर्नुपर्ने बताईन् । सामाजिक विकास कार्यालय जाजरकोटका प्रमुख धनबहादुर विष्टले सामाजिक विकास कार्यालयले वेरोजगार यूवाका लागि तीन वटा तालिम सञ्चालन गरेको बताए ।

उनले भने, ‘यहाँका यूवाका लागि सिलाई ग्रामेन्ट, सवारी चालक तालिम, ग्रील सम्बन्धी तालिम दलित आर्यआर्जन सम्बन्धी रहेका छन् ।’ १५ लाख बजेट विनियोजन गरिएको समेत बताए । यस्ता तालिमले वेरोजगारहरुलाई रोजगारीमा जोड्ने उनको भनाई छ ।

उद्धघाटन कार्यक्रममा नेपाल कपडा सिलाई व्यवसाय संघ जाजरकोटका अध्यक्ष मिलन परियारको अध्यक्षता रहेको थियो भने, सचिव भीमबहादुर परियारले सञ्चालन गरेका थिए ।

तपाईको प्रतिक्रिया