सहमति कार्यन्वयनमा नगरपालिका वेखबर, रिम्नाको विद्यालयद्धारा संघर्षका कार्यक्रम तथा अनिश्चिकालिन बन्दको घोषणा

जाजरकाेट, १२ फागुन ।  भेरी नगरपालिका र भेरी त्रिवेणी माद्यामिक विद्यालय रिम्ना विच भएको सहमति कार्यन्वयन नभएको भन्दै बन्द र संघर्षका कार्यक्रहरु विद्यालयले सार्वजनिक गरेको छ ।

२०७७ माघ ६ गते नगरपालिकाले गठन गरेको शिक्षा समितीका संयोजक दीपक रानाको अध्यक्षतामा बसेको वैठकले विद्यालयका विभिन्न समस्याहरु समाधान गर्ने सहमति भएको थियो तर एक महिना वित्दा पनि कुनै सुरसार नदेखिएपछि आन्दोलन र संघर्षका कार्यक्रम तय गरिएको विद्यालयका सहायक प्रधानध्यापक रुद्रबहादुर वलीले जानकारी दिए ।

उनका अनुसार, फागुन १२ गते प्रचारप्रसार, १३ मा अभिभावकलाई पत्राचार र पर्चा वितरण १४÷१५ गते अन्तरक्रिया र फागुन १६ गते अनिश्तिकालिन १ नं वडाका शैक्षिक संस्था, पसल र यातायात बन्द गरिनेछ । वेला वेला ताकेता गर्दा पनि नगरपालिकाले कुनै सुनुवाई नगरेको विज्ञप्तीमा भनिएको छ ।

यस्ताे छ विज्ञप्ती

No description available.

माघ ६ गते गरिएकाे सहमति पत्र

No description available.

No description available.

तपाईको प्रतिक्रिया