‘बी’ डिभिजन लिग : आज दुई खेल

काठमाडौं । सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबल अन्तर्गत आज दुई खेलहरु हुँदैछ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने पहिलो खेलमा आरसीटी र नयाँबस्ती युवा क्लबबीच प्रतिस्पर्धा हुनेछ । आरसीटी र नयाँबस्तीबीचको खेल अपरान्ह १२:१५ बजे सुरु हुनेछ ।

दुबै टिम जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने छन् । नयाँबस्ती ६ खेलमा ११ अंक जोडेर चौंथो स्थानमा रहेको छ । आरसीटी ६ खेलमा ६ अंक जोडेर सातौं स्थानमा रहेको छ ।

यस्तै दोस्रो खेलमा झम्सिखेल युथ क्लब र ब्वाइज युनियन क्लबबीच खेल हुनेछ । झम्सिखेल र ब्वाइजबीचको खेल अपरान्ह ३:३० बजे सुरु हुनेछ । झम्सिखेल ६ खेलमा ६ अंक जोडेर नवौं स्थानमा रहेको छ । ब्वाइज ८ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।

तपाईको प्रतिक्रिया