नलगाड नगरपालिकाको सातौं नगरसभा

जाजरकोट, १२ फागुन । नलगाड नगरपालिकाको सातौं नगरसभा सोमबार सम्पन्न भएको छ । दुई वटा ऐन संशोधन, नगर अस्पतालको डिपिआर नक्सा परिमार्जन गर्दै नलगाड नगरपालिकाको सातौं नगरसभा सोमबार सम्पन्न भएको हो ।

नगरपालिकाको सभाहलमा सम्पन्न सातौं नगरसभाले सामाजिक विकास समितिका संयोजक तथा वडा नं. ३ का वडा अध्यक्ष प्रचण्ड वलीको प्रस्ताबमा नगर आधारभुत स्वास्थ्य तथा सरसफाई ऐन–२०७५ मा दफावार छलफल गरी प्रथम संशोधन गरेको नलगाड नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्रबहादुर सिंहले जानकारी दिए ।

नगर बिधेक समितिका सदस्य तथा वडा नं. २ का वडा सदस्य गोरख खत्रीको प्रस्तावमा नगर विनियोजन ऐन–२०७७ मा १ करोड १२ लाख १२ हजार ६ सय ९८ रुपैयाको बजेटलाई थप विनियोजन गर्नुको साथै उक्त रकमलाई १५ वटा योजना छनौट गरेको छ प्रमुख प्रशासकीय अधिकृत सिंहले भने–‘छटौं नगरसभाले ४९ करोड ८० लाख बजेट बिनियोजन गरेको थियो भने, सातौं नगरसभाले विनियोजन गरेको १ करोड १२ लाख १२ हजार ६ सय ९८ रुपैया गरेर अब नगरपालिकाको बार्षिक बजेट ५० करोड ९२ लाख १२ हजार ६ सय ९८ रुपैया हुन पुगेको छ ।’

प्रमुख प्रशासकीय अधिकृत सिंहले दिएको जानकारी अनुसार सातौं नगरसभाले बजेट अभाबमा सम्पन्न हुन नसकेका र तत्काल कार्यान्वयन गर्नुपर्ने २० वटा आयोजनाको रकमान्तर गरेको छ । त्यसैगरी सातौं नगरसभाले १५ शैयाको नगर अस्पताल भवनको लागि स्वास्थ्य मन्त्रालयले पठाएको डिपिआर नक्सा परिमार्जन गरी भवन निर्माण गर्न मन्त्रालयलाई अनुरोध गर्ने बिशेष प्रस्ताब पास गरेको नगर प्रमुख टेकबहादुर रावलले जानकारी दिएका छन् ।

नलगाड नगरपालिकाको सातौं नगर सभा सफलताको लागि जिल्ला समन्वय समितिका प्रमुख मनबहादुर रावल, नेपाल पत्रकार महासंघ, जाजरकोटका सचीब हेमन्त केसी, नागरिक समाज जाजरकोट अगुवा राजेन्द्र विक्रम शाहले शुभ–कामना मन्तब्य राखेका थिए ।

तपाईको प्रतिक्रिया