बुलेट मोटरसाईकल सहित एकजना पक्राउ

जाजरकोट, २० माघ । वुलेट मोटरसाईकल सहित एकजनालाई प्रहरीले प्रक्राउ गरेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय र प्रहरी कार्यालयको संयुक्त प्रयासले भेरी नगरपालिका १ कालेगाउँका ३४ बर्षिय वीरेन्द्र बस्नेतलाई पक्राउ गरेको हो । गत माघ १८ गते खटिएको संयुक्त टोलीले भेरी नगरपालिका ३ तल्लो थाप्ले स्थित जाजरकोट डोल्पा सडक खण्डमा सवारी चेकजाँच गर्ने क्रममा उनलाई प्रहरीले प्रक्राउ गरेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।

बस्नेतले चलाई लगेको भे.१० प.२८६४ नम्बरको मोटरसाईकल चेकजाँच गर्दा साथमा मोटरसाईकलको कागजात नभएकोले उक्त मोटरसाईकल नियन्त्रणमा लिई यातायात कार्यालय नेपालगंजसंग समन्वय गर्दा उल्लेखित नंम्वरमा अर्को मोटर साईकलको ईन्जिन नंम्वर र चेसिस

नंम्वर भएको विवरण प्राप्त हुन आएकाले उक्त भे.१० प.२८६४ नंम्वरको मोटरसाईकल चोरीको शंका गरिएको छ । थप अनुसन्धानका पक्राउ गरी जाजरकोट जिल्ला अदालत जाजरकोटबाट सोमबार म्याद थप गरी अनुसन्धान भईरहेको छ ।

तपाईको प्रतिक्रिया