‘छुवाछुत किन बनेन राजनितीक एजेण्डा ?

अविभेद सम्बन्धी संवाद

No description available.

जाजरकोट, १९ माघ । अविभेद सम्बन्धी कानुनी व्यवस्था र कार्यान्वयनको अवस्था सुधारका लागि जिल्ला स्तरीय संवाद कार्यक्रम सम्पन्न भएको छ ।

राष्ट्रिय दलित कल्याण समाज संघ जाजरकोटको आयोजना र साझा आवाज परियोजनाको आर्थीक सहयोगमा उक्त कार्यक्रम सम्पन्न भएको हो । संवाद कार्यक्रममा पछिल्लो समय जाजरकोटमा दलित समुदाय माथी भईरहेका घटना र त्यसका लागि सम्बन्धी निकायले गरेको कार्यान्वयनको अवस्थाका विषयमा छलफल गरिएको साझा आवाज परियोजना जाजरकोटका संयोजक धनमल विकले जानकारी दिए ।

उनका अनुसार जिल्ला समन्वयन समिती जाजरकोटका प्रमुख मनबहादुर रावल, शिवालय गाउँपालिकाका अध्यक्ष नरेन्द्रकुमार शाही, जिल्ला प्रशासन कार्यालय जाजरकोटका प्रशासकीय अधिकृत टेकबहादुर शाही, प्रहरी निरीक्षक यमबहादुर मल्ल, नागरिक समाजका अगुवा राजेन्द्र विक्रम शाह, पत्रकार दिपबहादुर घर्ती र अन्य १ सय भन्दा बढि सहभागीहरुका विच छलफल गरिएको थियो । कार्यक्रममा बोल्ने वक्ताहरुले संविधानले व्यवस्था गरेपनि कार्यान्वनको पाटो कमजोर रहेको बताए ।

शिवालय गाउँपालिका अध्यक्ष नरेन्द्र कुमार शाहीले विभेदका घटनाहरु न्युनीकरणमा गाउँपालिका लागि परेको बताएका छन । उनले भने, ‘शिवालय गाउँपालिकामा दलित समुदायका १७ जना भन्दा बढि मान्छेलाई रोजगारीमा जोडेका छौँ, ‘उनीहरु अरु स्थानीय किशोरीहरुलाई नर्सिङ्ग पेशामा लगाउने सोचेका छौँ, ‘हामीले धेरै जना वेरोजगार दलित समुदायका यूवाहरुलार्ई काममा लगाएका र रोजीरोटीको व्यवस्था गरिदिएका छौँ ।’ अन्तरजातीय विवाह गर्ने जोडीलाई यो आर्थीक बर्षमा सम्मान गर्ने समेत गाउँपालिका अध्यक्ष शाहीले बताए ।

जिल्ला समन्वयन समिती प्रमुख मनबहादुर रावलले सीपमा पोख्त दलित समुदाय माथी विभेद होइन्, सम्मान गर्नुपर्ने वेला आएको बताए । उनले भने, ‘समाजको विभेदले पनि हाम्रो विकासको बाद्यक बनेको देखिन्छ, विभेद विरुद्धको लडाईमा यहाँका स्थानीय तहले वेलैमा सोच्नुपर्नेछ ।’ नागरिक समाजका अगुवा राजेन्द्र विक्रम शाहले राजनितिक विभेद एजेण्डा किन बन्दैन् भन्दै प्रश्न गरेका थिए ।

उनले भने, ‘हाम्रो देशमा रहेका राजनितीक दलहरुले प्रमुख राजनितिक ऐजेण्डा छुवाछुत भन्ने हो भने मात्रै विभेद अन्त्य गर्न सकिन्छ ।’ सहभागीहरुले विभेदका विरुद्धमा लड्न दलित भित्रको एकता आवश्यक रहेको बताएका छन् । कार्यक्रमको सभापति राष्ट्रिय दलित समाज कल्याण संघ जाजरकोटका अध्यक्ष मानबहादुर सुनारले गरेका थिए ।

तपाईको प्रतिक्रिया