ओली समुहको अगुवा भेला तथा कार्यकर्ता भेटघाट कार्यक्रम बारेकोटमा सम्पन्न (फोटो फिचर)
कालीप्रसाद थापा
बारेकोट, ७ माघ । ओली समुहको नेकपा जाजरकोटको अगुवा भेला तथा कार्यकर्ता भेटघाट बारेकोटमा सम्पन्न भएको छ । बारेकोट गाउँपालिकाको केन्द्र लिम्सामा नेकपा बारेकोटका अध्यक्ष भक्तबहादुर बस्नेतको अध्यक्षतामा सम्पन्न भएको हो ।
अगुवा भेला तथा कार्यकर्ता भेटघाट कार्यक्रममा नेकपा केन्द्रिय सदस्य रत्नप्रसाद शर्मा, गोविन्द्र विक्रम शाह, डम्बर बहादुर सिहं ,धर्मबहादुर शाही चन्द्रप्रकाश धर्ती लगायतका ओली समुहका नेताहरुको उपस्थिती रहेको ओली समुहका विद्यार्थी नेता सन्देश सिंहले जानकारी दिए ।
भेला तथा कार्यक्रममा यो देशका नायक केपी ओली हुन र उनलाई सहयोग गर्नुपर्छ र चुनावी प्रक्रियामा जानुपर्ने सन्देश जनता माझ प्रस्ट पारेको उनको भनाई छ ।
संसद विघटनपछि जाजरकोटमा नेकपा दुई धारमा बाँडिएको छ । ओली समुहले जिल्ला विभिन्न ठाउँमा अगुवा प्रशिक्षण कार्यक्रम गर्दै आएको छ भने सात वटै स्थानीय तहमा प्रचण्ड नेपाल समुहको कार्यक्रम तय गरिएको छ ।