बारेकोटमा सहिद सप्ताह मनाउने दीपेन्द्र माविको तयारी, खेलकुद देखि हाजिरीजवाफ सम्मका कार्यक्रम

जाजरकोट, ७ माघ । हरेक बर्ष माघ १० देखी १६ गते सम्म सहिदको सम्झनामा देशभर बिभिन्न कार्यक्रम गरेर सहिद सप्ताह मनाउने गरिन्छ । यसै क्रममा जाजरकोटको बारेकोट गाउँपालिकामा पनि बिभिन्न  कार्यक्रम गरेर सहिद सप्ताह मनाइने भएको छ । बारेकोटमा यसबर्षको सहिद सप्ताह दीपेन्द्र मावि पहाडा मुल्सामले मनाउने तयारी गरेको छ ।

सहिद सप्ताहमा माध्यामिकतह सम्मका बिद्यालयको शिक्षक, बिद्यार्थी, भलिबल प्रतियोगिता हुने भएको छ । यस्तै हाजिरीजवाफ, लङजम्प, हाइजम्प, लोकनृत्य प्रतियोगिता समेत हुने दीपेन्द्र माविका नि.प्रधानाध्यापक दिर्घराज रोकायले जानकारी गराए ।

सहिद सप्ताह बारेकोटमा मात्र होइन, देशका बिभिन्न पालिकाहरुमा जहानियाँ राणा शासनको बिरुद्धमा लड्दालड्दै आफनो ज्यानको बदिदान दिन पुगेका सहिदहरुका सम्झनामा मनाउने गरिन्छ । नेपालको पहिलो सहिद लखन थापालाई मानिन्छ । तत्कालीन राणा प्रधानमन्त्री जंगबहादुर राणाका विरुद्ध प्रचार गरेको आरोपमा वि.सं. १९३३ फागुन २ गते गोरखाको मनकामना मन्दिर नजिकै रुखमा झुण्ड्याएर थापाको हत्या गरिदिएका थिए । नागरिक स्वतन्त्रताको माग गर्दा वि.सं. १९९७ माघ १० गते राति १२ बजे काठमाडौंको टेकु पचलीस्थित खरिको रुखमा शुक्रराज शास्त्रीलाई झुण्ड्याएर हत्या गरिएको थियो ।

यस्तै माघ १३ गते सिफलमा धर्मभक्त माथेमालाई तथा गंगालाल श्रेष्ठ र दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा राणाशासकले गोली हानेर मृत्युदण्ड दिएका थिए । जनताको अधिकारको लागि ज्यानको बलिदान दिन पुगेका महानसहिदको सम्झनामा माघ १० देखि १६ गते सम्म बिभिन्न कार्यक्रम गरेर सहिद सप्ताह मनाउने गरिन्छ । soure ghatgaun

तपाईको प्रतिक्रिया