साहित्यकार कालीप्रसाद थापाका दुई उत्कृष्ट गजल

                   गजल
तनावै तनाबको घर रहेछ जिन्दगी
जिउनु र मर्नुको कर रहेछ जिन्दगी

उ त्यो दोबाटोमा उभिएर एक्लाएक्लै,
गन्थनमन्थन गर्ने वर रहेछ जिन्दगी

कहिले रोदन कहिले क्रान्तीको वरिपरि
घुमाउरो पाराले घुमिरहने चर रहेछ जिन्दगी

उफ यो दुनियाँमा मुस्किलले चिनिने वा नचिने
एकादेशको कथासरी थर रहेछ जिन्दगी

जजसले जे शेखी झार या नझार मेरो सामु
अन्तत जोड अनि घटाउको दर रहेछ जिन्दगी

               गजल

बारुदी धुवाँको आवाज सङ्गै हराएको मान्छे
ऐया आमा पानी भनी कराएको मान्छे

खै कता कता ? बेपत्ता भएरै निसम्म बस्तिबाट
देश परिवर्तन गर्न जाउ भनी अराएको मान्छे

भाइ भाइकै लडाइको रगत होलीकै कारण
त्यो सिन्दुर पुछिदै चुरा र पोते छराएको मान्छे

पिडै पिडाको पहाड बोकेर एकादेशको कथासरी
तपतप आसुको बलिन्धारा सङ्गै डराएको मान्छे

शब्दकोष भित्र पढ्दै जाँदा एक्लै आफू एकान्तमा
शहिदको सपना साकार पढ्न मन पराएको मान्छे

कालीप्रसाद थापा बारेकाेट कलाकेन्दका अध्यक्ष हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया