जाजरकोट । जाजरकोटको बारेकोट गाउँपालिकामा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा वडा नम्बर ६ घर्तिगाउँका ४७ बर्षिय भक्तबहादुर महतारा रहेको वडाध्यक्ष तिले महताराले जानकारी दिए । अध्यक्ष महताराका अनुसार आइतबार बेलुकीपख स्थानीय भेरालाग्नबाट घाँस ल्याएर आउने क्रममा लडेर उनको मृत्यु भएको हो । मृतक भक्तबहादुरका स–साना
बालबालिका रहेका छन् ।
















































। ५ माघ २०७७, सोमबार