मनोमानी ढंगले उपभोक्ता समिती गठन गरेको भन्दै वडा कार्यालयमा तालाबन्दी, सेवाग्राही मर्कामा

No photo description available.
जाजरकोट, ५ माघ । जिल्लाको बारकोट गाउँपालिका ३ को वडा कार्यालयमा तालाबन्दी गरिएको छ । बुढागाउँ हुदै रुमसिल सम्म जाने सडक निर्माणमा वुढागाउँले मनोमानी ढंगले उपभोक्ता समिती गठन गरेको भन्दै वडा कार्यालयमा तालाबन्दी गरिएको हो ।

रुमसिल टोलले प्रेस विज्ञप्ती जारी गर्दै मनोमानी ढंगले जानकारी नै नदिई उपभोक्ता समिती गठन गरी पूर्वाधार विकास कार्यालयमा सम्झौता गर्न गएको भन्दै वडा कार्यालयमा तालाबन्दी गरिएको जनाएको छ ।

प्रेस विज्ञप्तीमा भनिएको छ, यस बारेकोट गाउँपालिका वडा नं ३ वुढागाउँ हुदै, रुमसिल, मुल्साम सडक खण्ड अन्तर्गत आर्थीक बर्ष २०७६÷०७७ को कर्णाली प्रदेश सुर्खेत माननीय गणेश प्रसाद सिंह विकास कोष अन्र्तगत भुमी तथा पूर्वाधार विकास कार्यालय जाजरकोटमा बजेट आएकोले उक्त

बजेट शीर्षक बाट ३ नं को रोड बुढागाउँ, रुमसिल टोलको विवाद हुदा हुदै उक्त रोडको समिती मनोमानी ढंगले रुमसिल, मुल्साम टोललाई सहमतिमा नल्याई एक्कासी बुढागाउँ टोलको समिती चयन गरी पूर्वाधार विकास कार्यालयमा सम्झौता गर्न गएकोले उक्त ३ नं वडा अध्यक्षले अरु टोललाई थाहा नदिई उक्त रोडको सम्झौताको लागि विवाद हुदाँहुदै दिएकोमा रुमसिल टोलको सिंगो बासी घोर विरोद गर्दछ ।

उक्त रोडको विवाद नटुंन्जेल सम्म वडा कार्यालयमा प्रेस विज्ञप्ती सहित ताला लगाईको छ । उक्त मागको सुनुवाई नहुन्जेल सम्म कुनै कार्य गर्ने गराउन पाईने छैन । सेवामा बाधा भए जनता सामु हामी क्षमा चाहान्छौँ । यो विवाद नहुन्जेल सम्म हामी रुमसिल बासीले चालेका कदम चरमा बन्द आन्दोलन गर्न तयार हुनेछौँ विज्ञप्तीमा भनिएको छ ।

वडामा तालाबन्दी गरिएपछि वडामा सेवा लिन आउने सेवाग्राही मर्कामा परेका छन । यो विषयमा वडाध्यक्ष मनबहादुर शाहीलाई सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन ।

 

तपाईको प्रतिक्रिया