खानेपानी व्यवस्थापनमा भ्रष्टाचार गरेको भन्दे मेयरलाई बाँधियो रुखमा


जाजरकाेट : खानेपानी व्यवस्थापनमा भ्रष्टाचार गरेको भन्दै एक नगरका मेयरलाई स्थानीले रुखमा बाधेका छन्।

मेक्सिकोको दक्षिणी भागमा रहेको चियापास राज्यको एक नगरका मेयर अस्कर रामिरेजलाई आक्रोशित नगरवासीहरूले रुखमा बाँधेका हुन।

सोमवार फ्रोन्टेरा कोमालापा शहरका बासिन्दालाई मेयर रामिरेजले विभिन्न सार्वजनिक परियोजनाको बारेमा प्रस्तुति दिइरहेका थिए।

त्यसक्रममा ११ वटा समुदायका प्रतिनिधिहरूले रामिरेजलाई खानेपानी प्रणालीको बिजोक अवस्थाका बारेमा प्रश्न गरे।

चित्तबुझ्दो जवाफ नआएपछि उनलाई समातेर रुखमा बाँधिदिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्। -ऐजेन्सी

तपाईको प्रतिक्रिया