छेडागाडमा मेड्पाको अभिमुखिकरण सम्पन्न

No description available.

जाजरकाेट  । छेडागाडमा गरिबी निवारणका लागि लघु उद्मम विकास कार्यक्रम (मेड्पा) को वडा स्तरिय अभिमुखिकरण सम्पन्न भएको छ । नगरपालिकाको वडा न. १० मा मेड्पा कार्यक्रमको अभिमुखिकरण सम्पन्न भएको हो । गरिबी निवारणका लागि लघु उधम बिकास कार्यक्रम सन्चालनका लागि छनोट भएको वडाका जनप्रतिनिधि, नागरिक समाज लगाएत कार्यक्रम सङ्ग प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सरोकार राख्ने सबैलाई कार्यक्रमको बारेमा बिस्तृत जानकारी गराउन कार्यक्रम गरिएको नगरपालिकाका मेड्पा कार्यक्रम संयोजक रमेश अधिकारीले बताए ।

No description available.

अभिमुखिकरण कार्यक्रम पश्चात् कार्यक्रम कार्यन्वयनमा सहजता आउनका साथै सरोकारवालाहरुलाई कार्यक्रमको बारेमा अवगत हुने भएकाले अभिमुखिकरण गरिएको समेत संयोजक अधिकारीले जानकारी दिए ।

कार्यक्रममा मेड मोडल कार्यनयन प्रकृया,कार्यक्रमको हाल सम्मको उपलब्धि,लक्षित वर्ग,उपमागमा आधारित रणनीति,कार्यक्रमको उधेश्य आदि विषयमा संयोजक अधिकारीले प्रस्तुतीकरण गर्नुभएको थियो भने कार्यक्रममा वडा न. १० का वडा अध्यक्ष राम बहादुर पुन,वडा न.११ का वडा अध्यक्ष चक्र बहादुर सिह,दुबै वडाका वडा सदस्यहरु तथा सरोकारवालाहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन मेडपा सहजकर्ता प्रकाश चदाराले गरेका थिए ।

तपाईको प्रतिक्रिया