
जाजरकोट २६ पुस । जिल्लाको भेरीनगरपालिका १ मैदेमा ट्याक्टर दुर्घटना भएको छ । ट्याक्टर दुर्घटनामा परी ५ जना घाइते भएका छन । निर्माणधीन जाजरकोट अस्पतालको ढुंगा ल्याउदै गर्दा दुर्घटना भएको हो ।
घाइते २ जनाको अवस्था गम्भीर भएकोले उपचारका लागि नेपालगञ्ज रिफर गरिएको र ३ जनाको जिल्ला अस्पताल जाजरकोटमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।
जाजरकोट अस्पतालको ढुंगा ल्याउदै गरेको लु.४ त ५९५० नम्बरको ट्याक्टर भे.न.पा १ जोखोला नजिकै सडकबाट अन्दाजी २ सय मीटर तल खसेको हो ।
















































। २६ पुष २०७७, आईतवार