छेडागाड नगर अस्पतालमा डाक्टर लाई स्वागत

छेडागाड नगरपालिकाले नगर अस्पताल सन्चालनार्थ डाक्टरलाई स्वागत गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय बाट नियुक्ति लिई आएका डा. विश्वनाथ शर्मा लाई छेडागाडमा एक कार्यक्रमका बिच स्वागत गरिएको हो ।
कार्यक्रममा बोल्दै नव नियुक्त डा.शर्माले आफुमा भएको ज्ञान सिप,क्षमता र दक्षतालाई सबै सङ हातेमालो गर्दै दृढताका साथ प्रदर्शन गर्ने प्रतिबद्धता समेत जायर गर्नुभयो ।
राजनितीक दल,कर्मचारी र आम नागरिकको सहयोग र सहकार्यमा अस्पताललाई थप सृदृढ बनाउने प्रमुख प्रशासकिय अधिकृत झलक केसि ले बताउनुभयो ।
यस्तै नगर प्रमुख लाल बहादुर महताराले कठिन भौगोलिक अवस्थाका बाबजुत पनि यहाँका आम सर्बसाधारण र जनताका लागि कुशलता पुर्बक सेवा प्रबाह गर्न निर्देशन दिनुभयो ।
अस्पताल लाई ब्यबस्थित गर्न आवश्यक पर्ने सबै मेसिन,उपकरणको ब्यबस्थापन गरि अस्पतालबाट छिट्टै सेवा प्रवाह गरिने समेत प्रमुख महताराले बताउनुभयो ।
त्यस्तै लामो समयको संघर्ष पश्चात् छेडागाड बासिले सहज रुपमा स्वास्थ्य सेवा प्राप्त गर्ने समय आएको धारणा नगर प्रमुख लाल बहादुर महतारा व्यक्त गर्नुभयो ।
नगर अस्पतालमा डाक्टर नियुक्त गर्ने स्थानिय तहहरु मध्य नेपालकै पहिलो छेडागाड नगरपालिका भएकोले डाक्टरलाई पुर्ण रुपले सन्तुष्ट बनाएर काम प्रती उत्साहित बनाउने पनि उहाँले बताउनुभयो ।
१५ सैयाको अस्पताल गत मङ्सिर ५ गते छेडागाड नगरपालिकाको वडा न. ५ थलहमा स्वास्थ्य राज्यमन्त्री नवराज रावतको उपस्थितिमा उद्घाटन गरिएको थियो ।

तपाईको प्रतिक्रिया