सुन्दैन नगरपालिका विद्यालयका समस्या, पढाई छोडेर रिम्नाका विद्यार्थी आन्दोलनमा

No description available.

जाजरकोट । जिल्लाको भेरी नगरपालिका १ रिम्नाका विद्यार्थीले आन्दोलन थालेका छन् । भेरी त्रिवेणी माद्यामिक विद्यालयका विद्यार्थीहरुले विद्यालयका मागहरु नगरपालिकाले सुनुवाई नगरेपछि विद्यार्थी आन्दोलित भएको शिक्षक रुद्रबहादुर वलीले बताए । अन्य बिद्यालयको तुलनामा बर्षौंदेखि भेरी नगरपालिकाले वडा नम्बर १, मा रहेको त्रिवेणी माध्यामिक विद्यालयलाई सौतेनी व्यवहार गरेको भन्दैै शिक्षक र विद्यालय व्यवस्थापन समितिका सदस्य आन्दोलित भएका हुन् । उनीहरुले माग सुनुवाईका लागि इलाका प्रहरी कार्यालय मार्फत नगरपालिकालाई ध्यानाकर्षण गराएको हो ।

विद्यालयमाथिको हस्तक्षेप बन्द गर, गत बर्षको गिट्टी बालुवाको राजस्व सार्वजनिक गर, अभिभावक, विद्यार्थी, शिक्षक एकता जिन्दावाद, भेरी त्रिवेणी मावि जिन्दावाद, बिद्यालयको आवश्यक दरवन्दी पुरा गर, नदी डाईभर्सनको लगानी फिर्ता गर लगायतका नारा लगाएका थिए । यस्तै विद्यार्थी शिक्षक, कर्मचारकिो स्वास्थ्य सुरक्षा र सुनिश्चित गर, शिक्षा प्राप्त गर्नु बालबालिकाहरुको नैसग्रिक अधिकार हो जस्ता नारा समेत लगाएका थिए ।

उनले दिएको जानकारी अनुसार, विद्यालयका मागहरु नगरपालिकाले वेवास्ता गरेका कारण विद्यार्थी आन्दोलित भएका हुन् । ‘गएको वर्खामा एकजना स्थानीय वीरवान दमाईको घर भेरी नदीले बगायो । पहिले उपभोग गर्दै आएको वालुवा गिट्टी नदीका कारणले उपभोग गर्न पाईएन ।’ नगरपालिकालाई खबर गर्दा वेवास्ता ग¥यो ।

बाध्य भएर विद्यालयले १५ लाख खर्च गरेर नदी डाईभर्सनको काम गर्दै थियो । अचानक प्रहरी लगाएर नगरपालिकाले रोक्यो । यसैका विरुद्धमा ईलाका प्रहरी कार्यालय रिम्नामा विद्यार्थीहरुले धर्न तथा विरोध ¥याली गरेका हुन शिक्षले वलीले भने ।’

गत पुस १३ शिक्षक दरबन्दीको ब्यवस्थापन लगायतका माग राखि भेरी नगरपालिकालाई ध्यानाकर्षण पत्र बुझाएको थियो । विद्यालयका सहायक प्रधानाध्यापक रुद्रबहादुर वलीले नगर उपप्रमुख भावना भण्डारीलाई ज्ञापन पत्र हातमा पारेका थिए ।

आर्थिक बर्ष ०७६÷७७ देखि स्थानिय तहले विद्यालयमा उपलब्ध गराउँदै आएको शिक्षक अनुदानको रकम गत साउन देखि निकासा नभएकोले तत्काल उपलब्ध गराउनुपर्ने, विषयगत शिक्षकको दरबन्दीको ब्यवस्था गर्नुपर्ने, आवश्यकता अनुसार शिक्षक विद्यार्थीको कोरोना भाइरसको परिक्षण गर्ने ब्यवस्था मिलाउनुपर्ने, एकिकृत पाठ्यक्रम ढाँचा २०७६ र पाठ्यक्रम समायोजन ढाँचा २०७७ लागु गर्न आवश्यक तालिमको ब्यवस्था गर्नुपर्ने, शिक्षकलाई आवश्यक सन्दर्भ सामग्री र बालबालिकालाई खेलसामग्रीको ब्यवस्था गर्न माग गरिएको थियो । विद्यालयको भौतिक पुर्वाधार विकासका लागि पनि माग गरिएको थियो ।

पटक पटक विद्यालयका समस्याहरु नगरपालिका समक्ष राख्दा पनि सुनुवाई नभएको शिक्षक वलीको भनाई छ । गत बर्ष देखि नगरपालिकाको शिक्षक अनुदान कोटामा नियुक्त विज्ञान शिक्षक शिब केसीले गत साउन देखि नियमित पढाईरहेको भएपनि तलब खान पाएका छैनन् । नगरपालिकाको शिक्षक अनुदान कोटाको रकम निकासा नभएपछि उनले तलब नपाएका हुन् । शिक्षक केसीले मावि तहमा विज्ञान विषय पढाँउछन् । कि दिन सकिदैन भनिदिनु पर्यो हैन भने किन त्यत्तिकै झुलाउने म विकल्प खोज्छु शिक्षक केसीले गुनासो गदै भने । मावि तहमा दरबन्दी नभएपनि १० कक्षा सम्म अध्यापन भैरहेको छ ।

मेयर चन्द्रप्रकाश घर्ती र प्रमुख प्रशासकिय अधिकृतलाई विद्यालयको समस्या बारम्बार अवगत गराएको र कम्तिमा एक जना गत बर्ष नै अनुदान दिएको कोटालाई निरन्तरता दिन आग्रह गर्दा पनि आलटाल पार्ने काम भैरहेको सहायक प्रधानाध्यापक वलीले गुनासो गरे । ज्ञापन पत्र दिदा पनि उचित सुनुवाई नभए सवै विद्यार्थी र अभिभावक ल्याएर नगरपालिका घेराउ लगायतका संघर्षका कार्यक्रम गरिने उनको चेतावनी छ । ध्यानाकर्षण पत्र बुझ्दै कावा नगरप्रमुख भण्डारी विद्यालयका समस्या समाधानका लागि आवश्यक पहल गरिने आश्वासन दिए पनि कुनै तयारी छैन । यस विषयमा नगर शिक्षा समितीलाई फोन गर्न खोज्दा सम्पर्क हुन सकेन ।

 

तपाईको प्रतिक्रिया