जाजरकोट, २१ पुस । गाउँघरमा रोजगारीको कुनै पनि अवसर नपाएर दैनिक जसो युवाहरु बैदेशिक रोजगारीमा विदेश पलाइन भईरहेका छन् । रोजगारीको खोजीमा युवाहरु खाडीमुलुक धाइरहेका बेला जाजरकोटमा भने एक युवाले गाउँमै रोजगारी सिर्जना गरेर लोभलाग्दो आम्दानी गर्न सफल भएका छन् ।
नलगाड नगरपालिका ३, टट्टाका दानीलाल पुनले कुखुरा पालन व्यवसाय गरेर लोभलाग्दो आम्दानी गर्न सफल भएका हुन । यस व्यवसायबाट राम्रो आम्दानी हुन थालेपछि यस पेसाप्रति पुनको आक्रर्षण बढेको हो । तीन बर्ष अघि १ सय ९० वटा कुखुरा पालन गरेर व्यवसाय थालेका पुनले अहिले एक हजार दुई सय ५० वटा कुखुरा पालन गरेका छन । चितवनबाट हाइलाइन जातको लेस कुखुरा ल्याएर व्यवसाय थालेका पुनले अण्डा विक्रिबाट मासिक ४५ हजार आम्दानी गर्दै बताए ।
उनले भने, ‘बजारमा अण्डाको माग धेरै रहेको र एक क्यारेड अण्डा चार सय देखि पाँच सय रुपैंयामा विक्री हुने गरेको छ ।’ भेरी नगरपालिका ३ स्यालामा निजी लगानीमा एकता पोल्टी फर्म सन्चालनमा छ । सुरुमा ३ लाख लागतमा व्यवसाय थालेको र अहिले २० लाख लागतमा व्यवसाय सञ्चालन गरिरहेको उनको भनाई छ । यसबाट राम्रो आम्दानी भईरहेको छ । बिदेशमा गएर अर्काको काम गर्नु भन्दा आफ्नै गाउँघरमा रोजगारी गरेर मनग्य आम्दानी लिन सकिने उनको सुझाव छ ।
यस व्यवसायबाट घर व्यवहार चलाउन र छोराछारीलाई पढाउन सजिलो भएको उनकी श्रीमती विमाले बताईन । अन्य पेसा भन्दा कुखुरा पालन व्यवसाय सहज भएको र आम्दानी राम्रो भएको भईरहेको छ ।
कुशे लघु घरेलु सहकारी संस्था लिमिटेड जाजरकोटकी अध्यक्ष शीला विश्वकर्माले गाउँघरमै रोजगारीका प्रसस्तै सम्भावना भएको बताउदै वास्तविक व्यवसाय गर्नेहरुले सरकारी अनुदान पाउँन नसकेको र यसका लागि सरकारी अनुदान व्यवस्था गरेर वेरोजगार युवाहरुलाई रोजगारी सिर्जना गर्नुपर्ने बताईन् । गाउँघरमा रोजगारीका धेरै राम्रा सम्भावना भएर पनि कमैले मात्र रोजगारी गरेको पाइन्छ । मेहनत गरे गाउँघरमै सुन फलाउन सकिन्छ ।
















































। २१ पुष २०७७, मंगलवार