
जाजरकोट, २१ पुस । अज्ञात रोगले बारेकोटमा धमाधम कुखुरा मर्न थालेका छन । गाउँपालिकाका वडाहरुमा किसानले पालेका विभिन्न जातका कुखुराहरु धमाधम मर्न थालेका हुन । उपचार नपाएर बारेकोटका अधिकांश ठाउँमा कुखुरा मर्ने क्रम तीव्र भएको वीरेन्द्र ऐश्वर्य माद्यामिक विद्यालय लिम्साका शिक्षक कालीप्रसाद थापाले जानकारी दिए ।
उनका अनुसार, कुखुराहरु झोक्राउने र केही समयपछि मर्ने गरेका छन । गाउँपालिका भित्रका प्रत्येक वडामा देखिएको उनको भनाई छ । बारेकोट गाउँपालिका २ रोकायगाउँका चन्द्रबहादुर नेपालीको कुखुरा फर्ममा २५ वटा लोकल पालेका थिए । ‘एक हप्तामा नै सबै कुखुरका सकिएको भेरीमालिका संग भने ।’ अज्ञात रोगका कारण कुखुराहरु धमाधम मर्न थालेपछि गाउँपालिका भित्रका किसान चिन्तामा परेका छन ।
व्यवसायीक रुपमा कुखुरापालन नगरेपनि स्थानीय जातको कुखुरा मासुका लागि बारेकोटका किसानले पाल्ने गरेका छन । पालेका कुखुरा धमाधम मर्न थालेपछि किसान चिन्तामा परेका बारेकोट गाउँपालिका २ का वडाध्यक्ष कर्णे कामीले बताए ।
कुखुराहरु धमाधम मर्न थालेपनि स्थानीय सरकारले खासै चासो नदेखाएको स्थानीयको गुनासो छ । व्यवसायिक रुपमा कुखुरापालन गर्न थालेका किसान निकै चिन्तामा परेका छन ।
किसानले पालेका कुखुरा खान मात्र सजिलो छ, के कारणले मरेका हुन भनेर खोज निती स्थानीय सरकारले नगरेको उनीहरुको आरोप छ । स्थानीय भीमबहादुर शाहीले भने, ‘अहिले सम्म केही वास्ता नगरेपनि अव तत्काल औषधी खरिद गरी रोग फैलन नदिन काम गर्न आग्रह गर्दछु ।’ कुखुरा किन मरेका हुन भनेर सोध्न खोज्दा बारेकोट गाउँपालिका पुश कार्यालयका प्रमुख संग सम्पर्क हुन सकेन ।
















































। २१ पुष २०७७, मंगलवार