जाजरकोट, २० पुस । मोहन वैद्य(किरण) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) को जिल्ला भेला सम्पन्न भएको छ ।
सोमबार जाजरकोटमा क्रान्तिकारी माओवादीले प्रथम जिल्ला भेला सम्पन्न गरेको हो । उक्त जिल्ला भेलाले जिल्ला कमिटी सेक्रेटरीमा राजन बुढालाई सर्वसम्मत मनोनीत गरेको छ । नेपालको कम्युनिस्ट आन्दोलनलाई निरंतरता दिने र पुजीवादी संसदीय व्यवस्थाको विकल्पमा नयाँ जनवादी व्यवस्थाको सुत्रपात गर्ने कुरामा प्रकाश ज्वालाले अभिव्यक्ति प्रस्तुत गरेका छन ।
भेलामा क्रान्तिकारी माओवादीका केन्द्रिय सदस्य तथा रुकुम,सल्यान, जाजरकोटका जिल्ला इन्चार्ज प्रकाश ज्वालाको प्रमुख उपस्थिति रहेको थियो । भेलामा सम्बोधन गर्दै नेता ज्वालाले नेपालको कम्युनिस्ट आन्दोलनलाई निरंतरता दिने र पुजीवादी संसदीय व्यवस्थाको विकल्पमा नयाँ जनवादी व्यवस्थाको सुत्रपात गरिने बताए ।
उनले वर्तमान राजनीतिक अस्थिरता समाधान गर्न र ओलि सरकारले गरेको संविधानको मर्ममाथिको प्रहारको विरुद्धमा जनएकतामा जोड दिनुपर्ने बताए ।
















































। २० पुष २०७७, सोमबार