रोकिएन जाजरकोटमा लुकीछिपी वन्यजन्तुको चोरी शिकारी 

जाजरकोट, २० पुस । जाजरकोट जिल्लामा दुर्लभ वन्यजन्तुको चोरी शिकार दिन प्रतिदिन बड्दै गएको छ । चोरी शिकारी बढेपछि जंगली जनावरको संख्या घट्दो अवस्थामा रहेको छ । बारेकोट गाउँपालिकाको जिरीमैना, पाडामुल्साम, लुहाग स्याला, कोलल्यानी, सिल्पाचौर, लैखम, नलगाड नगरपालिकाको ऐराडि, नहकुली, गेरेनी, रावतगाउँ, ध्यारगाउँ,रग्दा, भगवती, कुशे गाउँपालिकाको पैक, अछार्नी, भेरी नगरपालिकाको डिंगा, तिमीले लगाएत स्थानको उच्च लेक तथा पाटन क्षेत्रमा दैनिक चोरी शिकार भइरहेको बन्यजन्तु संरक्षण अभियान्ता गोविन्द्रबहादुर सिंहको भनाई छ ।

शिकारीले भरुवा बन्दुक, पासाथापेर, शिकारी कुकुरको प्रयोग गरेर जंगली जनावर मार्ने गरेका छन् । ‘गाउँमा घरेलु हतियार भरुवा बन्दुक छ््यापछ्याप्ती छन् यसतर्फ कसैको चासो छैन सिंहल भने ।’ जिल्लाका विभिन्न भेगमा पाईने बदेल, रतुवा, भालु, घोरल, थार, खरायो, झारल, रेडपान्डा, कस्तुरी, डा“फे, चिरकालिज लगाएत जंगली जनावर तथा पक्षींको दिन प्रतिदिन चोरी शिकारी बढेको छ । वन ईकाइमा कार्यरत वन प्राविधीक तथा प्रहरीले चोरी शिकारी नियन्त्रणमा ध्यान दिन नसकेको नलगाड ४ का गोविन्द्र वलीले बताए ।

डिभिजन वन कार्यालय जाजरकोटका निमित्त डिभिजन प्रमुख पुर्णबहादुर चन्दले चोरीशिकार नियन्तण गर्न डिभिजन बन कार्यालयले काम गरिरहेको बताए । अतिक्रमण, डढेलो, चरीचरण लगाएत कारण वन विनास बढेपछि जंगली जनावर तथा पंक्षीको वासस्थान समेत नष्ट हुँदै गएको छ ।

तपाईको प्रतिक्रिया