
प्रेम विश्वकर्मा
जाजरकोट, २० पुस । क्यान्सर पीडित रामचन्द्रलाई दक्षिण कोरियामा बस्ने नेपालीहरुले आर्थीक सहयोग गरेका छन । घाँटीमा क्यान्सर भई भरतपुर क्यान्सर अस्पतालमा उपचार गराईरहेका जाजरकोट भेरी नगरपालिका १ रावतगाउँका १४ बर्षका रामचन्द्र विकलाई आर्थीक सहयोग गरेका हुन । दक्षिण कोरियामा बस्ने साकेन्द्र चनारा, सुदिप रावत र वीरजंग विकले ५० हजार आर्थीक सहयोग गरेको रकम हस्तान्तरण गर्ने विरबहादुर विकले जानकारी दिए ।
विकले क्यान्सर अस्पताल भरतपुर गई उक्त रकम हस्तान्तरण गरेका थिए । प्रवासमा रही काम गरेर पीडितलाई सहयोग गर्ने मनहरुलाई धन्यवाद समेत व्यक्त गरिएको छ । यस्तै भरतपुर अस्पताले विरामी र विरामी कुरुवालाई खान बस्न र गाडी भाडा निशुल्क गरिदिएको डा.शुष्मा गुरुङले बताईन ।
गाउँलेले गरे आर्थीक सहयोग
क्यान्सर पीडित बालकलाई सहयोग रकम हस्तान्तरण गरिएको छ । भेरी नगरपालिका १ रावतगाउँका बल्जीत बि कका छोरा घाँटीको क्यान्सर भई उपचारको क्रममा भक्तपुर क्यान्सर हस्पिटलमा लगिएको र घरको आर्थिक अवस्था कमजोर भई उपचार गर्न समस्या भएपछि पडित रामचद्र बि कलाई सहयोग रकम हस्तान्तरण गरिएको हो ।
भेरी नगरपालिका नगर कार्यपालिका सदस्य वीरबहादुर बादीको पहलमा भेरी नगरपालिका १ रावतगाउँका स्थानियवाट उठाइएको १४ हजार ३ सय ४० रुपैयाँ र सिचाई आयोजना इकाई रावतगाउको तर्फबाट १५ हजार रकम गरी जम्मा २९ हजार ३ सय ४० रुपैया बिरामीको परिवारलाई हस्तान्तरण गरिएको हो ।
घरको आर्थिक अवस्था कमजोर भएका कारण उपचार गर्न समस्या भएपछि छोराको उपचारको लागि सहयोग गरिदिनुहुन पीडित रामचन्द्रका वुवा बल्जीत वि.क ले सम्पुर्णमा अनुरोध गरेका छन ।
















































। २० पुष २०७७, सोमबार