सुर्खेत – राजनैतिक रूपमा युवाहरूको हस्तक्षेप कमजोर भएको अबस्थालाई मध्यनजर गर्दै कर्णालीका युवाहरूले नयाँ राजनैतिक अभियान थाल्ने संकेत गरेका छन् ।
पछिल्लो समय राजनीति देखि बिमुख भैरहेको युवा पुस्तालाई नयाँ विचार सहित संंगठित गरेर सदाचारयुक्त राजनीति अभ्यास बसाल्न युवाहरू गम्भीर छलफलमा जुटेका छन् ।
युवाहरूको एकताबद्धता र दृढताले मुलुक परिवर्तन गर्न सकिन्छ भन्ने मान्यतालाई स्थापित गर्न पनि एकजुट हुनुपर्ने अवस्था आएको जाजरकोटका अर्पण रावलले बताए ।
उद्यमशीलता र राजनीतिलाई सङसङै अगाडि बढाइरहेका भक्त बहादुर शाहीले अब युवाहरूले नेतृत्व गर्न कुनैप्रकारको बन्धन बाट मुक्त हुनुपर्ने राय राखेका छन् ।
त्यस्तै नबराज सिंहले राजनैतिक रूपमा मात्र नभएर सामाजिक रूपमा समेत युवाहरू एकताबद्ध हुनसक्ने राय राखेका छन् ।
उक्त बैठकमा नयाँ राजनैतिक शक्ति निर्माणमा सकृय रवि किरण हमालको समेत उपस्तिथि रहेको थियो ।
युवाहरू सुसूचित भएर नयाँ राजनैतिक शक्ति निर्माणमा लाग्नुले समाजमा सकारात्मक सन्देश दिइरहेको छ ।
















































। २० पुष २०७७, सोमबार