विकृतिको खाडल बन्दै प्रविधि

मोबाइल किन्ने रहरमा पठाई छोडेर भारत बस्दै विद्यार्थी

                                         सांकेतिक तस्वीर

जाजरकोट, २१ मंसिर । कुनै वेला मायालु फकाउने माध्यम बनेको टेप रेर्केडरको चहलपहल आजभोली गाँउघरमा देखिन छोडेको छ । प्रविधि विकास सँगै आजभोली टेपरेर्केडको महत्व छैन । गाउँघरमा कतै पनि भेटिदैनन् । कुनै बेला हुने खाने किसानले मात्र यसको प्रयोग गर्थे । कतिपय मानिसको त टेपरेर्केडर कै कारण विवाह बन्धनमा बाँधिए ।

तर पछिल्लो समयमा भने देशमा आएको सञ्चार र प्रविधिले गर्दा टेपरेर्केड ओझेलमा परेको छ भने कसैले प्रयोग गरेको भेटिदैन । उसो त पैसा कमाउन कालापहाड अर्थात भारत , मुम्बै,सिम्ला अल्मोडा, मनाली, नैनीताल गएका मानिसले घर फर्किदा पनि टेप रेर्केडर नै लिएर आउँथे । कुनै समय यस्तो जमाना थियो अडियो रेर्केडरको । गाँउघरमा दुःख विसाउने सम्मको माध्यम बनेको अडियोरेर्केडर (टेपरेर्केडर) चहलपहल गाँउघरमा प्रयोग हुन छाडेको छ ।

स्थानीय मेला, रतेउली र स्थानीय भाकाको खेलमा अडियो रेर्केडर (टेपरेर्केडर )गर्नको त घुँइचो हुन्थ्यो । कतिपय मेलामा टेप रेर्केडर गर्नको लागी युवा बिच वादविबाद नै चल्थ्यो । स्थानीय मेलामा जान नसकेका घरका मानिसलाई मेलामा गएका उनीहरुका छोरा छोरीले नासोको रुपमा गित रेर्केड गरेर ल्याईदिन्थे । अब त्यो जमाना गयो । तस्वीर खिच्ने, अडियो गर्न मिल्ने,समाचार सुन्न मिल्ने,बोक्नलाई पनि सजिलो र भिडियो रेर्केडर समेत भएको डिजिटल मोबाइलको विगविगी ह्वातै गाँउघरमा बढेको छ ।

पैसा कमाउन भारत पुगेका नेपालीको हातमा टेपको साटो मोबाइल भिरेर घर फर्किएका भेटिन्छन् । कतिपय विद्यार्थी मोबाइलको लागि पढाई छोडेर भारत जाने गरेको श्री माद्यामिक विद्यालय जुनीचाँदेका शिक्षक प्रविन विकले बताए । उनले भने, ‘मोबाइलका लागि भारत जान्छन् मजदुरी काम गरी मोबाईल किनेर घर फर्कन्छन, पढन थाल्छन् । मोबाइल पछिल्लो पटक विकृत बढाएको छ ।’
एकपटक मायालु समेत फकाउने माध्यम बनेको टेपरेकर्डर अवस्था खस्किएको देखेर चिन्तित वनेका छन । बारेकोट गाउँपालिका २ रोकायगाउँका रंगविर कामी । विवाह गर्नका लागी केटी खोज्न सजिलो माध्यम भएको टेप रेर्केडरले आफुलाई समेत विवाह गर्नमा सहयोग पु¥याएको हो, कामीले खुलासा गरे । ‘टेपकै कारणले मेरो दाई र मेरो विहे भयो ।

‘हातमा टेपरेर्केडर भयो भने तरुनीको ओइरो लाग्थ्यो अनि विवाहका कुरा चलाउन सजिलो हुन्थ्यो, उनले थपे । त्यतिबेला हुने खाने मात्र गा्रमीण भेगमा टेपरेर्केडर बोक्ने गरेका सोही गाउँपालिका २ का सर्पे थापाले बताए । मैले गाउँमा पहिलो पटक टेप ल्याउँदा गाउँभरिका मान्छे सुन्नको लागि रातभरि जाग्राम बस्थे । कतिपयले सुन्नकै लागि टेपमा व्याट्रीको पैसा दिन्थे ।

आजभोली टेप पनि छैन त्यो भन्दा विकसित जमाना भईसक्यो,उनले भने । कृषकको लागी मनोरञ्जन र दुख विसाउने साधन बनेको टेपरेकेर्डरको लोप हुँदा गाउँमा मोवाइलको प्रयोगकर्ता वढदै गएका छन् । हुने खाने परिवार होस वा जो सुकै घरमा पनि एउटा मोबाइल अनिवार्य जस्तै भएको छ । पैसा कमाउन भारत जाने अधिकाँश बुढापाका होस वा युवा सबैले नासो रुपमा आफ्ना छोराछोरीलाई मोबाइल नै नासो पठाउने गरेको नलगाड नगरपालिका ५ अस्मिता विकले बताईन । मोबाइल नपठाए पढाई छाडेर मोबाइलको लागि म तेतै आउँछु भन्छन् ।

पढाई छुट्ने डरेले मोबाइल पठाउनै प¥यो, उनले भनिन् । अभिभावकले छोराको पढाई सप्रिने सपनाले आफ्ना छोराछोरीलाई मोबाइल पठाउने गरेकाले झनै पढाई विग्रिएको शिक्षकहरुको भनाई छ । अधिकाँश विद्यार्थीले विद्यालयमा ठुलो ठुलो स्वर गीत बजाउने पढाई भन्दा मोबाइलमा बढी ध्यान दिन थालेपछि विद्यार्थीको पढाई भन्दा मोबाईलमा रुची बढेको छ । जसले गर्दा पढाई ती विद्यार्थी कमजोर छन् । पहिला टेप रेर्केडर मनोरञ्जन बनेको ग्रामीण इलाकामा आजभोली मोबाइल नै मनोरोञ्जन साधन बनेको छ ।

खेतमा काम गर्न गएका हुन वा वनमा गाई गोठाला वा घाँस दाउरा काट्न गएका हुन सबैले हातमा बोकेका भेटिन्छन् । विद्युत अभाव भएको ठाउँमा सौर्य उर्जा र होमडिसको सहायताले घरमै बसी टेलिभिजन हेर्ने गरेका छन् । पहिले हुने खानेको लागि मनोरञ्जनको टेपरर्केडर विकल्पमा टेलिभिजन भित्रिएको छ । जिल्लाका ७ वटै स्थानीय तहमा विद्युत नपुगेको भएपनि सौर्य उर्जाको सहायताबाट प्रत्येक गाउँ गाउँमा टेलिभिजन राखिएको छ ।

शुरुमा टेलिभिजन ल्याउँदा घरका गाउँका मानिस पैसा तिरेर समेत हेर्न गरेको बारेकोट गाउँपालिका ५ रतन विकले बताए । शुरु शुरुमा खाना खाने वित्तिकै हेर्ने घुइचो हुन्थ्यो । आजभोली त्यस्तो भिड लाग्दैन । कोही कोही मान्छे समाचार सुन र हेर्न आउँछन् । टेप रेर्केडरको जस्तै आजभोली हुने खाने व्याक्तिका घरमा मात्र टेलिभिजन छ । सञ्चार क्षेत्रमा आधुनिक विकास सँगै नेपालमा डिजिटलको प्रयोगले हुने खाने मानिसमा उत्साह छाएको छ । ‘गरिबलाई आकाश फल आँखा तरी मर जस्तै भएको कुशेका मोतीराम विकले बताए ।

मोबाइलको प्रयोगले विकृति बढाएको जानकारहरु बताउँछन । आजभोली मोबाइलले गर्दा गाउँमा पञ्चेवाजा पनि लोप भए । केटा केटीको मोबाइलबाट कुरा चलेपछि भागेर मन्दिरमा विहे गर्छन । गाउँमा हुदैन त्यसैले परम्परागत पञ्चेवाजा लोप हुन लागेको बुढापाखाहरु बताउँछन । मोबाइल नभएको भए विहे हुदैन थियो । गाउँमा पत्रपत्रिका नपुगे पनि अधिकाँश ग्रामीण भेगका युवायुवतीले मोवाईलबाट ताजा ताजा खबर पढन पाउने गरेको शिवालय गाउँपालिकाका तिलक विकले बताए । पहिले रेडियो मात्र सञ्चारको माध्यम थियो ।

आधुनिक विकास सँगै मोवाइल भित्रिएपछि अनलाईनको समाचार हेरेर गाउँका मानिस सञ्चारको भोक मेटाउने गरेका छन्, उनले भने । पछिल्लो पटक गाउँघरमा मोबाइल नै मनोरञ्जनको साधन बनेको छ । मोबाईलमा गीत भिडियो र एफएम सुनेर अधिकाँश मानिसले मनोरञ्जन लिने गरेका छन् ।

मोबाइलको तुलनामा सस्तो र सुलभ मुल्यमा खरिद गर्न सकिने टेप आजभोली शहरका पसलमा समेत भेटिन छाडेका छन् । मोबाइल भित्रिएपछि टेपमा प्रयोग गरिने अडियो क्यासेट समेत बन्द भईसकेको मोबाइल व्यापारीहरु बताउँछन । #भेरीमालिका# k

तपाईको प्रतिक्रिया