यस बर्ष जाजरकोटमा  सुन्तला उत्पादन घट्ने अनुमान

जाजरकोटमै सुन्तला जुस वनाईने

जाजरकोट,२१ मंसिर । जाजरकोटमा यो वर्ष सुन्तला उत्पादन घट्ने अनुमान गरिएको छ । यो वर्षको उत्पादन ३५ देखि ४० प्रतिशत सम्म घट्ने अनुमान गरिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना जोन ईकाई जाजरकोटले जनाएको छ । गएको जेठ असारमा अविरल बर्षा संगै आएको असिना पानीका कारण उत्पादनमा प्रत्यक्ष प्रभाव परेको देखिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना ईकाई जाजरकोटका प्रमुख पिताम्बर बस्नेतले जानकारी दिए । जिल्लामा ७५ हेक्टर क्षेत्रफलमा सुन्तला खेती हुने गरेको छ ।

गत आर्थिक वर्ष जिल्लामा एक हजार आठ सय मेट्रिक टन सुन्तला उत्पादन भएको थियो । गत वर्ष करीव ३९ करोड बराबरको सुन्तला बिक्री भएको परियोजनाले जनाएको छ । जिल्लाका चार स्थानीय तहमा सुन्तला खेती गरिन्छ । कुशे भेरी, नलगाड, छेडागाडका किसानहरुले सुन्तला उत्पादन गर्दै आएको प्रमुख बस्नेतले जानकारी दिए । गत वर्ष भने सुन्तला उत्पादन दोब्बर प्रतिशतले बढेको थियो । अघिल्लो वर्ष समयमा मनसुनी वर्षा भएकाले पर्याप्त सिंचाई पाएपनि यो वर्षको मौसम भने सुन्तला उत्पादनका लागि प्रतिकुल बनेको जोन प्रमुख बस्नेतले जानकारी दिए ।

मनसुनी समयमा असिना पानीले सुन्तला प्रजातीमा ठुलो क्षति पु¥याएको उनको भनाई छ । सुन्तला खेतीलाई प्राथमिकताका साथ लिने र सुन्तला बगैंचामा सिंचाई सुविधा पु¥याउने कार्यक्रमलाई प्राथमिकताका साथ सञ्चालन गर्न थालिएको उनले जानकारी दिए । जिल्लाका किसाहरुका लागि परियोजना अन्तर्गत सुन्तला बगैंचा व्यवस्थापन, किसानका लागि तालिम गोष्ठी लगायतका कार्यक्रम हुँदै आएको छ ।

यि बाहेक जिल्लाका अन्य ठाउँमा पनि व्यावसायिक सुन्तला खेती हुने गरेको छ । ति सबै ठाउँको तथ्यांक संकलन हुने क्रममा रहेको छ । सबै क्षेत्रको तथ्यांक संकलन गरेपछि किसानहरु लगायतको भेलामा यो वर्षको उत्पादनको अवस्था लगायतका बारेका विवरणहरु सार्वजनिक गर्ने प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुन्तलाजात फलफूल जोन कार्यालयको तयारी छ ।

जाजरकोटमै सुन्तला जुस
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई जाजरकोटको सहयोगमा आगामी सिजनमा सहुलियत दरमा सुन्तलाको जुस बजारमा आउने भएको छ । उद्योग संचालन गर्न परियोजना कार्यान्वयन इकाईबाट सहयोग अनुदान लिएको रातो पाण्डा कृषि सहकारी संस्था लिमिटेडले सहुलियत दरमा आगामी सिजनमा सुन्तलाको जुस बजारमा ल्याउने भएको हो । सुन्तला र मौरी जोनमा काम गर्दै आएको परियोजना कार्यान्वयन इकाई, जाजरकोटले यस बर्षदेखि २ दशमलब ३३ मेट्रीटन मह उत्पादनमा बृद्धी हुने परियोजना कार्यान्वयन इकाई, जाजरकोटका निमित्त प्रमुख पिताम्बर बस्नेतले जानकारी दिए ।

प्रत्येक बर्षमा भईरहेको उत्पादनलाई बृद्धी गर्न परियोजना कार्यान्वयन इकाईले ५० प्रतिशत अनुदानमा ४ सय ४५ वटा आधुनिक मौरीघार बिस्तार गरेको निमित्त प्रमुख बस्नेतले बताए । मौरी घार उद्योग बिस्तार गर्न परियोजना कार्यान्वयन इकाईले ३ वटा उद्योगलाई सामाग्री सहयोग अनुदान प्रदान गरेर मौरी घार उत्पादन श्रोत केन्द्रका रुपमा विकास भएको बस्नेतको भनाई रहेको छ । परियोजना कार्यान्वयन इकाईको सहयोग अनुदानमा कुशे गाउँपालिका–५ दम्दालामा रहेको प्रगतिशिल युवा कृषि सहकारी संस्था लिमिटेडले निर्माण गरेको सोलार स्टोरमा शुन्य शक्तिमा भण्डारण गरिएको ५ देखि १० मेट्रीटन सुन्तला फागुन–चैत महिनामा बजारमा विक्रि गर्न सक्ने भएको इकाई प्रमुख बस्नेतले दावी गरे ।

परियोजना कार्यान्वयन इकाईको सहयोगमा जाजरकोट कोशेली एण्ड सप्लायर्सले सदरमुकाम खलंगामा कोशेली घर स्थापना गरेको छ । उक्त कोशेली घरमा मह, सुन्तला, टिमुर, अदुवा र बेसार जस्ता स्थानीय उत्पादनहरु एकै ठाउँबाट बिक्रि सवतरण भईरहेको इकाई प्रमुख बस्नेतले बताएका छन् । साना सिंचाई निर्माण तथा मर्मसम्भार गरेर परियोजना कार्यान्वयन इकाईले ३१ हेक्टर सिंचित क्षेत्र विस्तार गरेको प्रमुख बस्नेतको दावी छ ।

कृषि तथा वन विश्व बिद्यालय रामपुर चितवनको सहयोगमा परियोजना कार्यान्वयन इकाई जाजरकोटले जिल्लाको मौरी पालन र मौरी उत्पादन सम्बन्धिको सामाजिक तथा आर्थिक अबस्थाको विश्लेषण तथा अध्ययन भईसकेको निमित्त प्रमुख बस्नेतले बताए ।

तपाईको प्रतिक्रिया