लैगिंक हिंसा विरुद्धको अभियानमा पाँचतारा

No description available.

जाजरकोट, १९ मंसिर । यति वेला महिला हिंसा विरुद्को सोह्र दिने अभियान चलिरहेको छ । यस बर्ष कोरोना महामारीका कारण महिला हिंसा विरुद्को सोह्र दिने अभियान समेत प्रभावित बनेको छ । महिला हिंसा विरुद्वको सोह्र दिने अभियानलाई जाजरकोटका विभिन्न स्थानीय तह, सरकारी तथा गैरसरकारी संघ सस्थाहरुले मनाईरहेका छन ।

सोहि क्रममा शुक्रबार भेरी नगरपालिका ३ थाप्लेमा भेरी नगरपालिका संगको समन्वय तथा पाँचतारा यूवा संरक्षक मञ्चको आयोजनामा एक अन्र्तक्रिया कार्यक्रम सम्पन्न गएिको छ ।

लैगिंक हिंसा अन्त्यको प्रतिवद्धता ः व्यक्ति समाज र सबैको ऐक्यवद्धता भन्ने मुल नाराका साथ मनाईको उक्त कार्यक्रममा जिल्ला स्थित सरोकारवालाहरुको सहभागिता रहेको थियो । कार्यक्रममा नागरिक समाजका अध्यक्ष राजेन्द्र विक्रम शाहले महिलाका पक्षमा कानुन बनेका छन तर कार्यान्वयन पक्ष फितलो हुदाँ लैगिंक हिंसाका घटनाहरु घट्ने गरेको बताए ।

नेतृत्व तहमा पनि महिलाहरुलाई आरक्षणको व्यवस्था अनुसार अर्थपुर्ण सहभागिता नभएको उनको भनाई छ । कार्यक्रममा भेरी नगरपालिका उपप्रमुख भावना भण्डारी, नागरिक समाजका अगुवा राजेन्द्र विक्रम शाह, भेरी नगरपालिका महिला विकास निरीक्षक विपना पौडेल, जनप्रतिनिधी, टोल विकास समुहका प्रतिनिधी, वडा स्तरी महिला सञ्जालका प्रतिनिधी, आमा समुह लगायतको उपस्थिती रहेको थियो ।

उक्त अन्तरक्रिया कार्यक्रममा सहभागीहरु विच लैगिंक हिंसा भनेको केहो, यो कसरी हुन्छ, क कस्ले गर्न सक्छ, हिंसामा परेकाहरु न्यायको लागि कहाँ जानुपर्छ, हिंसाका असर तथा वेफाइदाहरु, हिंसा समाधानका उपायहरु बारे छलफल गरिएको थियो । अधिकांश बोल्ने वक्ताहरुले पहिले देखि नै चलिआएको पितृस्वतात्मक सोच र सामाजिक मुल्य मान्यताका कारण अलि धेरै महिलाहरुमा हिंसा हुने गरेको छ ।

जसका कारण आर्थीक, सामाजिक, मानसिक, शारीरिक रुपमा असर परिरहेको छ भन्ने कुरा उनीहरुले बताएका थिए । अधिकांश महिलाहरु जीवनयापनका लागि पुरुषहरुमा नै निर्भर रहने भएका कारण उनीहरुकै चाहाना बमोजिम चल्नुपर्ने बाध्यता रहेकोले हिंसा सहेर बस्नुपरेको उल्लेख गरेका थिए ।

कार्यक्रमको अध्यक्षता भेरी नगरपालिका ३ का कार्यवाहक वडाध्यक्ष रति नेपालीले गरेकी थिईन भने, प्रमुख अतिथीमा नगर उपप्रमुख भावना भण्डारी, विशेष अतिथीमा नागरिक समाजका अगुवा राजेन्द्र विक्रम शाह रहेका थिए । यस्तै कार्यक्रमको सञ्चालक पाँचतारा यूवा संरक्षक मञ्चमा कार्यरत्त मिल अफिसर मधुकर पाण्डेले गरेका थिए । कार्यक्रममा बोल्ने अधिकांश वक्ताले लैगिंक हिंसा अन्त्यका लागि शिक्षामा जोड दिनुपर्ने बताएका छन ।

तपाईको प्रतिक्रिया